११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल टोलीहरुले गरे नेपाली टिमको प्रशंसा



अ+ अ-

काठमाडौँ । आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भयो ।

११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रनमात्रै बनाउन सकेपछि खेल गुमाएको हो । हार वा जित नेपाली समर्थकको टिमप्रतिको समर्थनलाई लिएर विश्व क्रिकेटले नै प्रशंसा गरिरहेको छ ।

चाहे अमेरिकामा भएको खेल होस् वा वेस्ट इन्डिजमा भएको खेल नेपाली फ्यान टोलीको हौसला बढाउन नेपाली जर्सीमा सजिएका हुन्छन् ।

यसैबीच इन्डियन प्रिमियर लिग (आईपीएल)का टिमले नेपाली क्रिकेट टोलीको प्रदर्शनलाई लिएर प्रशंसा गरेका छन् । चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, लगनउ सुपर जायन्ट्स, दिल्ली क्यापिटल्सले आफ्नो आधिकारिक पेजमार्फत नेपाली टोलीको प्रशंसा गरेका हुन् ।

अब नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही असार ३ गते सोमबार बङ्गालदेशसँग खेल्नेछ ।