१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवसेवा आश्रमलाई एकैदिन ६४ लाख ५४ हजार सहयोग



अ+ अ-

ढोरपाटन । मानवसेवा आश्रम बागलुङको भवन निर्माणका लागि एकैदिन रु ६४ लाख ५४ हजार पाँच सय ९५ सङ्कलन भएको छ ।

निर्माणाधीन भवन सहयोगार्थ ‘मिट एण्ड ग्रिट’ कार्यक्रमबाट एकैदिन उक्त रकम सङ्कलन भएको छ । कार्यक्रममा बागलुङको काठेखोला गाउँपालिकाले रु १५ लाख, पर्वतको कुश्मा नगरपालिकाले रु पाँच लाख ११ हजार, फलेबास नगरपालिकाले रु पाँच लाख ११ हजार र म्याग्दीको मालिका गाउँपालिकाले रु पाँच लाख ११ हजार सहयोग गरेका छन् ।

त्यस्तै स्थानीय र बागलुङ बजारका व्यापारीले सहयोग गरेको मानवसेवा आश्रमका सहकोषाध्यक्ष सुमीरा लामाले जानकारी दिनुभयो । विसं २०७३ देखि बागलुङको शाखा स्थापना गरेर सेवा दिँदै आएको आश्रमले विसं २०७८ मा बागलुङ नगरपालिका–४ निरयघाटमा जग्गा प्राप्त गरेपछि सुविधा सम्पन्न भवन निर्माण गर्न थालेको हो ।

स्थापनाकालदेखि अहिलेसम्म बागलुङ–३ किनारा टोलबाट आश्रम सञ्चालित छ । आश्रमको आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्नका लागि विसं २०७८ वैशाख २४ गते शिलान्यास गरिएको लामाले बताउनुभयो । आश्रमलाई स्थापनाकालदेखि नै धेरैले सहयोग गर्दै आएको सुनाउँदै ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा एकैदिन धेरैले सहयोग गरेको उहाँको भनाइ छ ।

आश्रममा हाल महिला २२, पुरुष २४ र बालबालिका सात गरी ५३ जना सहयोगापेक्षी आश्रित रहेका छन् । भवन निर्माण सुरु भएको तीन वर्षमा ४० प्रतिशत काम सम्पन्न भएको मानवसेवा आश्रमका अभिभावक एवं भवन निर्माण समितिका संयोजक शिव खड्काले जानकारी दिनुभयो ।

रु १२ करोड ७५ लाखको योजना रहेकामा हालसम्म हालसम्म रु पाँच करोड खर्च भएको उहाँको भनाइ छ । यो सबै प्रदेश, पालिका र दाताबाट आएको सहयोग प्राप्त भएको खड्का बताउनुहुन्छ ।

खड्काले भन्नुभयो, “भवन निर्माणको काम अगाडि बढेको छ, हालसम्म करिबकरिब आधा काम सकिन थालेको छ, आर्थिक सहयोग आउनेक्रम जारी छ, धेरै दाताले मन फुकाएर सहयोग गर्नुभएको छ, यो योजना रु १२ करोड ७५ लाखको हो, भवन निर्माण सकियो भने आश्रममा बस्नेहरुलाई सहज हुनेछ, अहिले जसोतसो व्यवस्थापन गर्दै आएका छौँ ।” मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, हास्यकलाकार मनोज गजुरेलले सो कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । रासस