१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज सिजनको अन्तिम खेलहरु हुँदैछन् । आज आइतबार राति एकैसमयमा २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विशेषतः उपाधि होडमा रहेका टोली रेलिगेसन जोनमा रहेका टोलीलाई आजको खेल निकै महत्वपूर्ण रहेको छ ।

यस सिजनको उपाधि होडमा दुई टोलीमात्र रहेका छन् । म्यान्चेस्ट सिटी उपाधि होडमा प्रमुख दाबेदार रहेको छ भने आर्सनलको पनि आज लिग जित्ने सम्भावना रहेको छ । सिटी लगातार चौंथो सिजन उपाधि जित्ने दाउमा रहेको छ भने आर्सनल २० वर्षपछि उपाधि जित्न चाहन्छ । यद्यपि, आर्सनलले लिग जित्न अर्को टोलीको नतिजामा भर पर्नुपर्नेछ । अर्थात् म्यान्चेस्टर सिटीले खेल हार्नुपर्नेछ वा बराबरी खेलेमा आर्सनलले गोल डिफरेन्स (जीडी) बढाउनुपर्नेछ ।

आर्सनलको जीडी ६१ छ भने म्यान्चेस्टर सिटीको ६० छ । अंकतालिकामा शीर्षस्थानमा रहेको सिटीको ८८ अंक छ भने दोस्रो स्थानमा रहेको आर्सनलको ८६ अंक छ । ३७ खेलसम्म आइपुग्दा सिटीले २७ खेल जितेको छ भने ७ बराबरी खेल्र्द ३ खेलमा पराजित भएको छ ।

अर्कोतर्फ आर्सनलले समान खेलमा २७ खेलमै जित निकाल्दा ५ खेलमा बराबरी तथा ५ खेलमै पराजय ब्यहोरेको छ । सिटीले विपक्षी टोलीको पोस्टमा ९३ गोल गर्दा ३३ गोल खाएको छ । यस्तै, आर्सनलले ८९ गोल गर्दा २८ गोल खाएको छ ।

शीर्ष चारको कुरा गर्दा यी दुई टोलीबाहेक लिभरपुल र एस्टन भिल्ला शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । अर्कोतर्फ शेफिल्ड युनाइटेड, बर्नले र लुटन टाउन रेलिगेसनमा परेका छन् ।

आजका खेलहरुः सबै खेल राति ८ः४५ बजे एकैसाथ सुरु हुनेछन्
लिभरपुल भर्सेस वल्भ्स
शेफिल्ड युनाइटेड भर्सेस टोटेनहम
लुटन टाउन भर्सेस फुलहम
ब्राइटन भर्सेस म्यान्चेस्टर युनाइटेड
म्यान्चेस्टर सिटी भर्सेस वेस्टहाम युनाइटेड
आर्सनल भर्सेस एभर्टन
ब्रेन्टफोर्ड भर्सेस न्युक्यासल युनाइटेड
बर्नले भर्सेस नटिङहम फरेस्ट
क्रिस्टल प्यालेस भर्सेस एस्टन भिल्ला
चेल्सी भर्सेस बर्नमाउन