११ आश्विन २०८१, शुक्रबार
,
Latest
छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक छः गभर्नर अधिकारी जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिना दिनभित्रमा घरबाटै एक घण्टामा श्रम स्वीकृति लिन मिल्ने बनाउँछु: श्रममन्त्री आर्याल



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमीकहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरिएको बताउनुभएको छ ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । आगामी शुक्रवारबाट एक घण्टाभित्रै श्रम स्वीकृति दिनेगरी तयारी शुरु भएको बताउनु भयो । उहाँले एक महिना भित्रमा आफ्नै मोबाइलबाट एक घण्टामा श्रम स्वीकृति लिनसक्ने अवस्था बनाउने दाबी गर्नुभयो । उहाँले आफू्ले यो निर्देशन विभिन्न अध्ययन गरेर सक्ने भएपछि मात्रै दिएको बताउनु भयो । मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनका लागि दु:ख पाएको भन्दै एक घण्टामा सबै प्रक्रिया पूरा हुने गरी व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्देशन दिनभुन्दा अघि १४ दिन हामीले काम गरिसकेका छौँ । सकिन्छ भनेर नै निर्देशन दिइएको हो । १५ दिन पनि लागेको छ, छिटो दिँदा तीन दिन पनि लागेको छ । टायम लगाइदिने, कर्मचारीले नै त्यसलाई ब्लक गरिदिने, कर्मचारीलाई भ्रष्टचार गर्नलाई सजिलो बनाइदिने, काठमाडौं बस्दाखेरी ५ दिन काठमाडौं बस्नुभयो भने ५० हजार लाग्छ म २० हजार दिए बनाइदिन्छु भन्ने ।’

‘बीचमा दलालहरुले खेलेको भन्नेकुरा आइरहेको हुनाले यसमा त्यो अध्ययनको पाटो भयो । त्यसमा अध्ययन गरिरहेका छाँै । अर्को श्रमीक काठमाडौं बाहिरबाट आएर धेरै दिन काठमाडौं बसेर विदेश जानुपर्दा उहाँहरुलाई झनै दु:ख हुन्छ । समयमा श्रम स्वीकृति नदिँदा फ्लाइट टिकट पनि क्यान्सिल गर्नुपर्छ । हामी यसमा संवेदनशील हुनुपर्छ भनेर लागेको हो । आउने शुक्रवारबाट हामी एक घण्टामै श्रम स्वीकृति दिने प्रक्रियामा जानसक्छौँ । एक महिना भित्रमा आफ्नै मोबाइलबाट एक घण्टामा श्रम स्वीकृति लिनसक्ने बनाउँछु ।’

उहाँले कर्मचारीहरुले नै समय लगाएर भ्रष्टाचार गर्न सहज बनाइदिने गरेको गुनासो आएपछि आफूले एक घण्टामै श्रम स्वीकृति दिने व्यवस्था मिलाएको बताउनु भयो ।