११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ करोड फिरौती माग्दै धम्क्याउने दुई जना पक्राउ



अ+ अ-

पोखरा । प्रहरीले ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने दुई जनालाई पक्राउ गरेको छ ।

फोन तथा म्यासेजमार्फत धम्क्याएको आरोपमा प्रहरीले पर्वतको कुश्मा नगरपालकिा घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्रीलाई बुधबार साँझ पक्राउ गरेको हो ।

उनीहरुले पोखरा महानगरपालिका–१६, लामाचौरका प्रकाशदीप गैरेलाई फोन र म्यासेजमा हिन्दी भाषामा कुराकानी गरेर फिरौती माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

पोखरा-१६ दीपमा सच्चाइ सेवा केन्द्र चलाउँदै गैरेलाई फोन तथा एसएमएसमार्फत ५ करोड रुपैयाँ फिरौती मागेको र फिरौती नदिएमा उनको परिवार र उनलाई ज्यान मार्ने धम्की दिइएको पाइएको थापाले जनाए । फोनबाट धम्की दिएपछि उनीहरुपहिलो पटक माघ २० गते दीपस्थित सच्चाई सेवा केन्द्रमा पुगेका थिए । त्यसपछि पनि उनीहरू पटक पटक गैरेको कार्यालयमा पुगेका थिए ।

प्रहरीले उनीहरुको साथबाट लागूऔषध गाँजा, धम्क्याउन प्रयोग गरिएको सिमकार्ड, मोबाइल सेट, किताब, हातहतियार तथा विभिन्न व्यक्तिको नाम लेखिएको ८ वटा शंकास्पद पान्ना पनि फेला परेको छ । ‘८ वटा पान्नामा विभिन्न नेता, व्यापारी, उद्योगी, व्यवसायीलगायत ठूलाठूला मान्छेको नाम लेखिएका छन् । कोहीकोहीका त सन्तानको पनि नाम लेखिएका छन्’, एसपी थापाले भने ।

उनीहरुबाट बरामद भएको पान्नामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवासहित ३५ जनाभन्दा बढी नेता, व्यवसायी तथा उद्योगीको नाम रहेको एसपी थापाले बताए । उनीहरुबाट बरामत गरिएको सामग्रीमा बिग मनी, बिग टार्गेट, किडन्याप, फिरौती, सुटआउट, प्रोटेक्सन मनी, रिचकिड्स’ लगायतका शब्द प्रयोग गरिएको पाईएको छ ।

पक्राउ परेका दीपकबहादुर क्षेत्री यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेका थिए । उनी २०७९ मा हातहतियार तथा खरखजाना र २०७१ मा सार्वजनिक मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्वतबाट पक्राउ परेका थिए । दर्जी भने एक महिनाअघिमात्रै वैदेशिक रोजगारबाट नेपाल आएका थिए । नेपाल आएपछि उनले क्षेत्रीसँग मिलेर पोखरा महानगरपालिका– ८ जाल्पारोडमा कोठा भाडामा लिएर योजनाबद्ध रुपमा लागेको देखिएको एसपी थापाले बताए ।

पक्राउ परेका उनीहरुविरुद्ध लागुऔषध गाँजा, हातहतियार तथा खरखजना र आपराधिक लाभ एक्सटेन्सनसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको कास्कीका प्रहरी प्रमुख एसपी थापाले जानकारी दिए ।