१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुभाघाट दुर्घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन



अ+ अ-

सुर्खेत: सुर्खेतको मेहलकुनामा २०३६ र २०६४ सालमा शुभाघाट मेला हेर्न आउँदा मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन गरिएको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिकाको शुभाघाटमा लाग्ने मेला हेर्न आउँदा २०३६ सालमा डुंगा दुर्घटना हुँदा ९ जना र २०६४ साल पुस १० गते भएको झोलुङ्गे पुल दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो ।

दीप प्रज्ज्वलन गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले झोलुङ्गे पुल दुर्घटनास्थल नजिकै मृतकको सम्झनामा बनाइएको पक्की पुल उद्घाटनका बेला मृतकहरूको नाम राख्ने जानकारी दिए । ‘२०६४ सालमा झोलुङ्गे पुल दुर्घटना हुँदा घाइतेहरूको उद्दारमा आउँदा दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा पक्की पुल बनाउने घोषणा गरेकोे थिएँ,’ उपप्रधानमन्त्री खड्काले भने, ‘मृतकको सम्झनामा सबैको नाम लेखेर शिलालेख राख्नेछौँ ।’

उपप्रधानमन्त्री खड्काले शुभाघाट मेला स्थानीय कला, संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण रहेको बताए । ‘एकआपसको सम्बन्ध, पारिवारिक, सामाजिक, सांस्कृतिक सम्बन्ध नवीकरण गर्नु यो महोत्सव–मेलाको विशेषता हो,’ उनले भने, ‘शान्तिपूर्ण तरिकाले भव्य रुपमा मेला–महोत्सव मनाउन आग्रह गर्दछु ।’