काठमाडौँ ।नेपाल जेसीजले रामइन्द्र न्यौपानेलाई सम्मान गरेको छ । बुटवलमा आयोजित नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशनमा न्यौपानेलाई सम्मान गरेको हो ।
न्यौपानेलाई उद्यमशिलताको माध्यमबाट समाज तथा राष्ट्रको लागि विशेष योगदान पुर्याएकोमा जेसीजले सम्मान गरेको जनाएको छ । वेभ ट्रेडिङ कन्सर्नका सञ्चालकसमेत रहेका न्यौपाने धुलिखेल जेसिजका वर्ष २०१६ अध्यक्ष पनि हुन् ।
उनले विभिन्न सामाजिक संघ संस्थामा नेतृत्त्वदायी भूमिका निर्वाह गरि सकिसकेका छन् ।