१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक समूहलाई पोस्ने गरी सरकारले नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिनु हुँदैन: महामन्त्री थापा



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कसैको निहित स्वार्थको लागि नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिनु नहुने बताउनुभएको छ ।

वर्तमान पुँजीबजारको अवस्थाबारेमा अध्ययन गरेर मात्रै नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिने सरकारको निष्कर्ष रहेको समेत बताउनु भयो । उहाँले संसदीय समितिको निर्देशनको आडमा दबाबमा परेर केही समूहलाई पोस्नको लागि मात्रै धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन नहुने बताउनु भयो ।

महामन्त्री थापाले सरकारले केही समूहलाई पोस्ने गरी नयाँ स्टक एक्सेन्जको लाइसेन्सको अनुमति दिने तयारी गरेको दाबी गर्नुभयो । शुक्रवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले कुनै एक समूहको स्वार्थ र फाइदाको लागि दबाब सिर्जना गरेर नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिने तयारी सरकारले तत्काल बन्द गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कुनै अध्ययन आधार बिना कुनै एउटा समूहको फाइदालाई नयाँ स्टक एक्सेन्ज दिँदा कुशासनको अर्को प्रकरण शुरु हुने जिकिर गर्नुभयो ।

महामन्त्री थापाले मुलुक एकपछि अर्को कुशासनबाट थला परेको भन्दै नयाँ स्टक एक्सेन्जको लाइसेन्स अध्ययन नगरी जबरजस्ती दिने काम भयो भने अर्को दुर्भाग्य हुने चेतावनी दिनुभयो । उहाँले सरकारबाट भाषण सुशासनको र निर्णय कुसशासनको गर्ने काम हुनु नहुने बताउनु भयो । उहाँले नयाँ स्टक एक्सेन्जको विषयमा समयमा नै प्रधानमन्त्रीलाई सचेत गराएको भन्दै सचेत गराउँदा गराउँदै अनुमति दिए कुशासनको अर्को धब्बा लाग्ने दाबी गर्नुभयो । उहाँले नयाँ स्टक एक्सेन्जको लाइसेन्स अर्थ मन्त्रालय र धितोपत्र बोर्डले नभएर मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाल स्टक एक्सेन्जको अनुमति दिनुभन्दा पहिला पुँजीबजारको अवस्थाबारे अध्ययन गरेर कसरी र किन दिने भनेर निक्र्योल गरेपछि मात्रै दिनुपर्छ भन्ने नेपाल सरकारको निष्कर्ष हो । त्यसैको आधारमा धितोपत्र बोर्डलाई भन्यो । संसदको समितिले पनि ठिक हो भनेर नदिनु भन्यो । त्यसको केही समयपछि संसदको त्यही समितिले दिनु भनेर निर्देशन दिएको देखिन्छ । यो कुरालाई आड लगाएर केही कुरा सुनिरहेका छौं । धितोपत्र बोर्डको नेतृत्व विदा हुन केही दिन बाँकी छ । यस्तो बेलामा विदा बस्ने चलन हुन्छ । तर अहिले रातारात गरेर एक खालको दबाब सिर्जना गरिदै छ । त्यो दबाबको आधारमा नयाँ लाइसेन्स त्यो पनि केही समूहलाई पोस्ने र फाइदा हुने गरी दिने तयारी भएको सुनेका छौं । यो कुरा प्रधानमन्त्री मन्त्रीलाई भेटमा भनेका छौं । सार्वजनिक रुपमा पनि भन्न चाहन्छु । कुशासनबाट देश थला परेको छ । हप्तामा एउटा कुनै न कुनै प्रकरण आउँछ र सिङगो देश तातिन्छ । फेरि कुनै एक दुई जना मानिस पोस्नको लागि नयाँ स्टक एक्सेन्जको लाइसेन्स अध्ययन नगरी नदिने भनेर आफैँ भन्यो ।’

‘तर अहिले जबरजस्ती गरेर दिने र संसदीय समितिको निर्देशन आड राखेर दिने काय यदी हुन्छ भने अर्को दुर्भाग्यपूर्ण हुन्छ । सरकारले भाषण सुशासनको गर्ने अनि निर्णय एक प्रकारको कुसशासनको गर्ने कुराको निरन्तरता हुन्छ । समयमा नै प्रधानमन्त्रीलाई सचेत गराएका छौं । सरकारले गरेको निर्णय अध्ययन गरोस् र आवश्यक भए अध्ययन गरोस् । यसको आधारमा निष्पक्ष हुनुपर्छ । होइन भने नचाहिने कुरामा अर्को कुशासनको धब्बा लाग्ने कुरामा हात नहालोस् । प्रधानमन्त्रीलाई भनेको भनेपछि अर्थ मन्त्रालयलाई नभन्ने कुरा भएन । अर्थमन्त्रालयले यसमा जबर्जस्ती गर्छ भने पनि यो निर्णय मन्त्रीपरिषद्ले गर्ने हो । मन्त्रीपरिषद्को नेता भनेको प्रधानमन्त्री हो । काँग्रेस पनि सरकारमा हुनुहुन्छ भन्ने कुरा उठ्छ । हाम्रोबाट अपेक्षा के हो । सरकारले गलत र खराब काम गरेको छ त्यसलाई टुलुटुलु हेरेर बस्ने वा रोक्ने प्रयास गर्ने हो ।’

‘संसदीय प्रजातन्त्रमा सरकारले गरेको निर्णयको सन्दर्भमा प्रतिपक्षबाट धेरै डराउँदैन । किनकी प्रतिपक्ष भन्दा सरकारसँग बढी मत हुन्छ । सरकारमा भएपनि सरकारले गरेका गलत काममा प्रश्न उठाई राख्यौं भने स्वतन्त्र रुपमा गर्ने गलत कामलाई थोरै भए पनि रोक्न सकिन्छ । काँग्रेस पार्टीले पनि निर्णय गर्ने तर कार्यान्वयन गर्ने काम गर्नुपर्छ । त्यो भइराखेको छैन । अहिले नागरिकहरु आजित भएको कुसशासनबाट हो । काँग्रेस संघ,प्रदेश र स्थानीय तहको सरकारमा पनि भएकाले जिम्मा लिन सक्नुपर्छ । सरकारमा भएकाले कतिपय ठाउँमा काँग्रेस नै सहभागिता भएको देखिने भएको छ । काँग्रेसको उपस्थितिमा कुशासन रोक्न नसक्ने होकी भन्ने नागरिकलाई लाग्न थालेकाले यो कुरा चिर्नु आवश्यक छ ।’

उहाँले काँग्रेसले सरकारले गरेका गलत कामलाई रोक्नुपर्ने बताउनु भयो । उहाँले अहिले नागरिकहरु कुशासनबाट आजित भएको बताउनु भयो ।