१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँसुरी खल: धें धें बल्ला कासा (बाँसुरी वादन प्रतियोगिता) मा थ वही ल्याय्म्ह पुच: प्रथम



अ+ अ-

काठमाडौँ । २९ औँ महानगर दिवसको सन्दर्भमा पारेर आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगितामा वडा नं. २६ को थवही ल्याय्म्ह पुच: मचा कवको समूहले प्रथम स्थान हासिल गरेको छ । यस्तै वडा नं. १६ को श्री श्वेत बिनायक बाँसुरी ल्हुति संरक्षण समितिको समूह दोस्रो र वडा नं. २० को अशोक विनायक व्यवस्थापन समाजको समूहले तेस्रो स्थान प्राप्त गरेको छ ।

प्रथम स्थान हासिल गर्नेलाई १ लाख ५० हजार रुपैयाँ नगद र शिल्डमा चाँदीको ठूलो बाँसुरी, दोस्रो स्थान हासिल गर्नेलाई १ लाख रुपैयाँ नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी र तेस्रो स्थान हासिल गर्नेलाईं ५० हजार रुपैयाँ नगद सहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरियो ।

प्रतियोगितामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट जीवन आले,, सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) बाट दूर्गाप्रसाद खतिवडा, रेडियो नेपालबाट डा. निरञ्जन राजभण्डारीले निर्णायक मण्डलमा हुनुहुन्थ्यो ।

विजेतालाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्दै उपप्रमुख डंगोलले, अमूर्त सांस्कृतिक सम्पदासँग जोडिएका बाजागाजा र बाद्य परम्परा जोगाउने कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । ‘गएको बर्ष धिमे बाजा प्रतियोगिता आयोजना गरेका थियौँ । यस बर्ष बाँसुरी बादन प्रतियोगिता गर्‍यौँ । अमूर्त सांस्कृतिक सम्पदासँग जोडिएका रहनसहन, बाजागाजा, भेषभुषा, श्रृङ्गार, भाषा, साहित्य र सिर्जना जोगाउने काम गर्नेछौँ ।’ उहाँको भनाइ थियो ।

प्रतिस्पर्धामा आएका सबै समूह विजेता हुन् । पहिलो, दोस्रो र तेस्रो स्थान प्राविधिक कुरा हो । प्रतिस्पर्धाका विषयमा धारणा राख्दै सम्पदा समितिका संयोजक आशामान संगतले भन्नुभयो, ‘समुदाय र परम्परागत खल: पुच: सँग महानगरपालिकाको आत्मीय सम्बन्ध स्थापित हुने काम गर्नेछौँ ।’

महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा ७ वटा समूहले भाग लिएका थिए । बिजेता ३ समूहबाहेक अरु समूहलाई प्रोत्साहनस्वरुप १०/१० हजार रुपैयाँ प्रदान गरिएको थियो । यसरी प्रोत्साहन प्राप्त गर्नेमा वडा नं. १२ को धर्मचक्र त:ननी खल, वडा नं. ८ को ग्वल बाजं खल:, वडा नं. २२ को पाक्व:पुखुद्या मानन्धर सना: खल, वडा नं. २४ को केशचन्द्र महाविहार संरक्षण समाजका प्रतियोगी समूह थिए ।

प्रतियोगीले परम्परागत भेषभुषा र गरगहना (सृङ्गार) मा प्रस्तुति गरेका थिए । एउटा समूहमा १२ जनासम्मले भाग लिन पाउने सर्त थियो । प्रतियोगी समूहका ८ जनाले बाँसुरी मात्र बजाएका थिए । केही समूहले तीनवटै बाँसुरी समावेश गरेका थिए । ठुलो र मध्यम वा मध्यम र सानो बाँसुरी बजाउनु प्रतियोगिताको अनिवार्य सर्त थियो ।

समूहका बाँकी ४ जनामध्ये २ जनाले पछिमा, खिं, कोचखिं, धा:, नायखिं, मादल, धिमे, धोलक, नगर वा अन्य नेवार समुदायका छालाका बाजामध्येका ३ वटा बाजा समावेश गरेका थिए । २ जनाले ता:, झ्याली, बबू, भुस्या:, छुस्या, घौ, घंघलाजस्ता नेवार समूदायमा बजाइने धातुबाट बनेका बाजाहरु सहायक बाजाका रुपमा बजाएका थिए ।

प्रतियोगितामा समूह दर्ता गर्दा प्रतियोगीले ५ वटा धुन छानेर पठाएका थिए । पठाइएकामध्ये प्रतियोगितामा २ वटा धुन बजाउनु पर्ने थियो । त्यसमध्येको पहिलो धुन आफैँले रोजेको बजाएका थिए । बाँकी ४ वटामध्ये गोलाबाट छान्दा आएको धुन दोस्रो प्रस्तुतिका रुपमा बजाएका थिए ।

एउटा धुन बजाउन ५ मिनेट समय दिइएको थियो । प्रस्तुति सक्न ४ मिनेटमा संकेत दिइएको थियो । छोटा धुन २ वटासम्म मिलाएर बजाउन दिइएको थियो ।