१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाका अलराउन्डर मिचेल मार्श विश्वकप छोडेर स्वदेश फर्किए



अ+ अ-

एजेन्सी । अलराउन्डर मिचेल मार्श व्यक्तिगत कारणले स्वदेश फर्किएको क्रिकेट अस्ट्रेलियाले बिहीबार बताएको छ । स्वदेश फर्किएसँगै उनी अनिश्चितकालका लागि एक दिवसीय विश्वकपबाट बाहिर भएका छन् ।

ग्लेन म्याक्सवेल गल्फ कार्ट (बग्गी) बाट लडेर चोटका कारण खेलबाट बाहिरिएसँगै अहमदाबादमा यसै साताको अन्त्यमा इङ्गल्यान्डसँगको भिडन्तअघि मार्सको अनुपस्थिति अस्ट्रेलियाका लागि अर्को झट्का हो ।

क्रिकेट अस्ट्रेलियाले मार्सका बारेमा ट्विटरमा भनेको छ, “टिममा उनको फिर्तीको समयसीमा निश्चित हुन बाँकी छ ।” १५ सदस्यीय टिममा कसैलाई प्रतिस्थापनका लागि बोलाइने हो वा होइन स्पष्ट भएको छैन ।

बत्तीस वर्षीय अस्ट्रेलियाको टि–२० का कप्तान मार्स विश्वकपमा राम्रो फर्ममा रहेका छन् र अहिलेसम्म ३७ दशमलव ५० को औसतमा दुई सय २५ रन बनाइसकेका छन् । पाकिस्तानविरुद्ध डेभिड वार्नरसँग दुई सय ५९ रनको सुरुआती साझेदारीमा उनले एक सय २१ रनको सानदार पारी खेलेका थिए ।

मार्स र म्याक्सवेल दुवै टिमबाट बाहिर भएपछि मार्क स्टोइनिस वा क्यामरुन ग्रिनलाई जोस बटलरको सङ्घर्षरत इङ्गल्यान्डको सामना गर्नका लागि तयार भएको देखिएको छ । इङ्गल्यान्ड अहिलेसम्म छ खेलमा मात्र दुई खेल जितेर १० टिममा अन्तिम स्थानमा रहेको छ ।

अहिले तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले आफ्नो अभियान सुस्त गतिमा गरेपछि लगातार चार खेल जितेको छ । सोमबार गल्फको एक राउन्ड खेलपछि अँध्यारोमा बग्गी पछाडिबाट खसेपछि म्याक्सवेल कन्कसन प्रोटोकलअन्तर्गत अनुपलब्ध छन् किनकी भारतमा लगातारको टुर्नामेन्टका क्रममा खेलाडीहरूले विश्राम लिएका थिए ।