११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी खोप लगाउन शुरु



अ+ अ-

काठमाडौँ । पाठेघरको मुख्यको क्यान्सरबिरुद्धको एचपीभी खोप लगाउनु शुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधवार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा एक कार्यक्रमकाबीच सो खोप लगाउने कार्यको शुभारम्भ गर्नुभएको हो । योसँगै यो खोप सेवा आजैबाट सबै प्रदेशका संघीय अस्पतालहरुबाट पनि शुरु हुनेछ ।

मन्त्री बस्नेतले ऐतिहासिकता तथा योगदानलाई ख्याल गरेर परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालबाटै सो खोपको शुरुवात गर्ने निर्णय लिइएको बताउनु भयो । उहाँले तत्कालका लागि सिमित स्रोत र साधन भएपनि छिट्टै सो खोप सबै किशोरीहरुले पाउने गरी सरकारले आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले यो खोप सबै जिल्लामा पुग्नुपर्ने उल्लेख गर्दै त्यसका लागि आफूले पहल गरिरहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिलाको लागि यत्रो जघन्य रोगका बिरुद्धमा हामी यो भ्याक्सिन दिँदैछौं । नेपालको इतिहासमा सबै भन्दा महिलाको सेवा गरी आएको अस्पताल यही अस्पताल हो । त्यसकारणले यसको ऐतिहासिकता र यसले गरेको योगदानको आधारमा हामीले प्रसुती गृह अस्पतालबाटै यो शुरुवात गर्नु यो न्याय हुन्छ भनेर यहाँबाट शुभारम्भ गर्ने भनेर हामीले निर्णय गर्‍यौं । अब यसमा दुर्गम जिल्ला र प्रदेशलाई पनि हामीले हेर्नुपर्‍यो । मधेस त्यस्तै छ । त्यसैले जति पुग्छ, सात वटै प्रदेशबाट शुरु गर्ने र हामीले हाम्रो मन्त्रालयले सबैलाई समान व्यवहार गर्नु पर्छ भन्ने हिसावले सात वटै प्रदेशमा गर्नुपर्छ भनेर आज कर्णाली प्रदेशमा चाहीँ संघीय अस्पताल नभएको कारणले सुर्खेतबाट र अरु संघीय अस्पतालहरुबाट आज शुरु हुँदैछ ।

यो अत्यन्तै जटिल रोग, जटिल समस्या र यसलाई जति न्युनिकरण गर्दा पनि अझै भयावह देखिएको अवस्था भएको हुनाले यो रोग नलागोस भन्नका लागि जुन हामीले अहिले सिमित रोगको सिमित साधनको हिसावले शुरुवात गरेका छौं । म के पनि निवेदन गर्न चाहन्छु भने उमेर समूहलाई ध्यानमा राखेर दिइने खोप हो । यो सबै ७७ वटै जिल्लाका सबै महिलाहरुले पाउनुपर्दछ । सबै किशोरीहरुले पाउनुपर्दछ । र, यसका लागि नेपाल सरकार अथवा स्वास्थ्य मन्त्रालयले पनि यसको पहल गर्छ । उहाँहरुले पनि २०२४ बाट हामीलाई सहयोग गर्नुहुन्छ । र, यो निकट भविष्यमा नेपालका किशोरीहरुले यो भ्याक्सिन पाउनुपर्ने हुन्छ । त्यसका लागि स्वास्थ्य मन्त्रालय दृढताका साथ अगाडि बढछ ।’

मन्त्री बस्नेतले सो खोप सबै जिल्लामा उपलब्ध गराउन आफूले सम्बन्धित निकायसँग कुरा गरिरहेको पनि बताउनु भयो । सो अस्पतालमा अनुसार यो खोप १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लगाउन लागिएको हो । सरकारले सोही उमेर समूहका किशोरीहरुलाई लक्षित गरेर हाल २० हजार भाइल खोप निर्यात गरेको छ । यो खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने हुन्छ ।