१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको मियामी लिग्स कप च्याम्पियन



अ+ अ-

एजेन्सी । लिग्स कपको उपाधि इन्टर मियामीले जितेको छ । भर्खरै सम्पन्न फाइनल खेलमा नासभिल्लेलाई पेनाल्टीमा हराउँदै मियामी च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेटसम्म दुवै टोलीले एक–एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो ।

जसमा मियामी १०–९ ले विजयी बन्यो । खेलको २३ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, ५७ औं मिनेटमा फाफा पिकल्टले गोल गर्दै नासभिल्लेलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले केही गोल गर्ने अवसर पाएपनि गोल गर्न भने सफल भएनन् ।

यसै सिजन मियामी आएका मेसीको यो यस क्लबबाट पहिलो उपाधि रहेको छ । उनी सातवटै खेलमा गोल गर्न सफल समेत भए ।

अमेरिकी र क्यानडाका टोलीले खेल्ने मेजर लिग सकर र मेक्सिकोको लिगा एमएक्सको ४७ टोली यस प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।