११ आश्विन २०८१, शुक्रबार
,
Latest
बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक छः गभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरिजाबाबुलाई गणतन्त्रको पहिलो राष्ट्रपति प्रस्ताव नगरेकोमा मलाई पश्चात्ताप छ– प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप भएको बताउनुभएको छ ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा रहँदा तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिका रूपमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप लागेको बताउनुभयो ।

गिरिजाबाबुलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले आफूलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लागेको तर उहाँले त्यस्तो नगर्नुभएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उहाँले भन्नुभयो, “मैले त्यसबेला प्रधानमन्त्रीबाट राजीनामा दिने मनस्थिति बनाएपछि गिरिजाबाबुलेले राजीनामा नदिन पटकपटक भनिराख्नुभएको थियो ।”

“अस्पतालमा गिरिजाबाबु मृत्युसँग जुधिराख्नुभएको बेला मलार्ई बोलाएर देश समाल्नु भनेका कुराहरूले मलाई गिरिजाप्रसाद कोइरालाप्रति आस्था, विश्वास भइराख्यो”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले पहिलो पटकको भेटदेखि अन्तिम भेट हुँदासम्म कोइरालामा कुनै द्विविधा, अविश्वास, शङ्का या आशङ्का नदेखेको, बरु आफूले गल्ती गरेको तर कोइरालाले गल्ती नगरेको बताउनुभयो ।

“बरु मैले गल्ती गरेँ, गिरिजाबाबुले विल्कुल गल्ती गर्नुभएन”, शान्ति सम्झौता लगायतका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै उहाँले भन्नुभयो, “मैले उहाँसँग गरेका प्रतिबद्धता सबै जस्ताको तस्तै पुरा गर्न कतिपय सन्दर्भमा सकिनँ ।”