• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपीको अदालतमा बयान सुरु



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुमाथि काठमाडौँ जिल्ला अदालतमा बयान सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो ।

उक्त प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र एकीकृत कसुरसमेत मागदाबी गरिएको थियो । सार्वजनिक पदधारण गरिएको व्यक्तिको हकमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसमेत गरिने बताइएको छ ।

उक्त प्रकरणमा मुछिएका ३० मध्ये १४ जना फरार रहेकाले १६ जनाको मात्र बयान सुरु भएको हो ।

फरार रहेका १४ जनाको हकमा भने अदालतमा उपस्थित भएकै बेला बयान हुनेछ ।

बयानपछि उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी ‘थुनछेक’ बहस हुनेछ ।