• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   नेपाललाई ६ विकेटले हराउँदै युएई एसिसी प्रिमियर कपको फाइनलमा ★   युएईविरुद्ध नेपाललाई चौंथो सफलता ★   बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर युवकको मृत्यु ★   भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड ★   दाङमा आगलागीबाट एकको मृत्यु ★   वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः नेता खनाल ★   कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी होः सहमहामन्त्री राठोर ★   सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत ★   युएईविरुद्ध नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दुई विकेट ★   सरकारले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी छः अध्यक्ष ढकाल

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपीको अदालतमा बयान सुरु



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुमाथि काठमाडौँ जिल्ला अदालतमा बयान सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो ।

उक्त प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र एकीकृत कसुरसमेत मागदाबी गरिएको थियो । सार्वजनिक पदधारण गरिएको व्यक्तिको हकमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसमेत गरिने बताइएको छ ।

उक्त प्रकरणमा मुछिएका ३० मध्ये १४ जना फरार रहेकाले १६ जनाको मात्र बयान सुरु भएको हो ।

फरार रहेका १४ जनाको हकमा भने अदालतमा उपस्थित भएकै बेला बयान हुनेछ ।

बयानपछि उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी ‘थुनछेक’ बहस हुनेछ ।