• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   आज चैतेदसैँ: बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो ★   जात्रामा सहभागी हुन मेयर बालेन्द्र शाहको निम्तो ★   माधव नेपालको असन्तुष्टि अन्त्य गर्न खनाल अस्त्रको प्रयोग ! ★   ७ वटा संसदीय समितिको बैठक बस्दै ★   आज चैते दशैं पर्व मनाइँदै ★   मधेशका मुख्यमन्त्रीले १५ महिनामा आज चौथो पटक विश्वासको मत लिँदै ★   गृहमन्त्री रवि लामिछानेले दुई करोड लगेको पुष्टि ★   हैदराबाद र बैंगलोरका खेलमा बनेका यस्ता कीर्तिमानहरु ★   आरसीबीले आईपीएलको सबैभन्दा ठूलो लक्ष्य पछ्याउन सकेन, हैदरावाद विजयी, कार्तिकको सानदार ब्याटिङ ★   हैदराबादले तोड्यो आफ्नै कीर्तिमान, बैंगलोरलाई दियो २८८ रनको विशाल लक्ष्य

रौतहटमा ७० वर्षीय वृद्धको गोली हानि हत्या



(सांकेतिक तस्बिर)

जनकपुरधाम । रौतहटमा ७० वर्षीय एक वृद्धको गोली हानी हत्या गरिएको छ । देबाही गोनाही-१ का शेख तैयाबको हत्या गरिएको हो ।

घरदेखि एक किलोमिटर दूरीमा लक्ष्मीनिया जाने सडकमा तैयबको शव भेटिएको इलाका प्रहरी कार्यालय गोनाहीका इन्सपेक्टर गोविन्द साहले बताए ।उनको टाउकोमा चोट देखिएको छ ।

मृतकका छोरा शेख असलमले गाउँकै मजहर आलम भनेर चिनिने मोगले आलममाथि हत्याको आरोप लगाएका छन् । तैयबका नाति शेख रिजवान मोगले आलको छोरीलाई लिएर बिहे गर्ने भन्दै सम्पर्कविहीन भएका थिए । १० दिनपछि मोगलेको छोरी इलाका प्रहरी कार्यालय गरुडामा हाजिर भइ तीनजनामाथि अपहरण तथा जबर्जस्ती करणी मुद्दा हालेकी थिईन्।

उक्त घटनापछि तैयब र मोगलेको दुश्मनी सुरू भएको शेख असलम बताउछन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।