११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मीमा आगलागी र सावधानी



फाईल फोटो
अ+ अ-

नेपालगञ्ज । एक महिनाअघि बाँकेको नरैनापुर गाउँपालिकामा एकैदिन आगलागीका दुई वटा घटना भए । नरैनापुरमा–३ गेग्लीमा भएको आगलागी सेलाउन नपाउँदै सोही वडाको जनतापुर पनि घर जलिरहेका थिए । दुवै ठाउँमा गरी १० घर जले भने लाखौँको क्षति भयो । नरैनापुर गाउँपालिकामा रहेको दमकल, स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासबाट अन्ततस् आगो निभाइयो तर पनि रु ३० लाख बाराबरको क्षति भने भई छाड्यो ।

यस्तै वैशाख २८ गते जानकी–५ बकसपुरस्थित अम्बे स्टिल फ्याक्ट्रीमा अचानक आगलागी भयो । कबाडी जलाउने मेसिन जल्दा करिब १४ करोड बढीको क्षति भयो । इलाका प्रहरी कार्यालय खजुराखुर्दको प्रहरी टोली, स्थानीयवासी र नेपालगञ्जको दमकलले आगो नियन्त्रणमा ल्यायो । समयमै दमकल नपुगेको भए अझै करोडौँको क्षति हुने थियो ।

माथि उल्लेख गरिएका आगलागीका घटना केही दिनयताका मात्र हुन् । यी र यस्तै प्रकृतिका आगलागीका घटना अहिलेसम्म दर्जनौँ भइसकेका छन् । गर्मी, सुक्खा र हावाहुरीको याम सुरु भएसँगै बाँकेमा आगलागीका घटना हुनेक्रम बढेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आव २०७८/७९ मा आगलागीका २३ घटना भए, जसमा २८ घर, पाँच गोठ जलेर खरानी भए । यी सबै आगलागीमा चार करोड १० लाख, १० हजार बराबरको क्षति भयो । यस्तै गत साउनदेखि वैशाखसम्म ३९ आगलागीका घटना भइसकेका छन् । आगलागीमा परेर एक जना व्यक्ति घाइते भएका छन् ।

आगलागीमा २३ वटा चौपायाको मृत्यु भएको छ भने छ चौपाया घाइते भएका छन् । आगलागीमा ४५ वटा घर र ११ वटा गोठ जलेका छन् । यी आगलागीमा रु १९ करोड ६८ लाख, ४० हजार बराबरको क्षति भएको छ । माथि उल्लेखित यो अवस्था र तथ्यले पनि प्रष्ट पार्छ कि अवस्था कति भयावह छ ।

किन हुन्छ आगलागी ?

आगलागी हुनुको प्रमुख कारण लापर्वाही नै हो । तापक्रम बढ्दै जानु र हावाहुरीले पनि आगलागी हुन सहयोग पुग्छ । तराई गर्मी र सुक्खा क्षेत्र भएकाले यहाँ आगलागीका घटना पनि बढी भएको पाइन्छ । जेठ हावाहुरी चल्ने महिना पनि हो । आगो आफैँमा संवेदनशील पदार्थ हो । हावाहुरीले आगोलाई सहजै एक ठाउँबाट अर्के ठाउँमा पुर्‍याइदिन्छ । आगो प्रयोग गर्न अनिवार्य भए पनि त्यसको सुरक्षामा विशेष ख्याल गरिएन भने आगोले ठूलो क्षति पुर्‍याउन बेर लगाउँदैन । आगलागीका घटना हरेक वर्षजसो दोहरिरहेका हुन्छन् ।

आगलागीका घटना किन हुन्छन् ? भन्दा कारण पनि फरकफरक आउँछन् । आगोजन्य वस्तु सुरक्षित राख्न, नियन्त्रण गर्न नसक्नु नै प्रमुख कारण हो । सलाई, लाइटर, सल्काइएको चुरोट र चुल्होको आगो व्यवस्थापन गर्न सकेनौँ भने कुनै पनि बेला आगो लाग्न सक्छ । आगोकै कारण ठूला दुर्घटना निम्तिन सक्छन् । आगलागीकै  कारण ठूलो जनधनको क्षति हुन सक्छ । सलाई, लाइटर सुरक्षित नराख्दा बालबालिकाको हातबाट पनि आगलागी भएको पाइन्छ । यस्तै सलाई कोरेर, चुरोट ननिभाइकन जहाँतहीँ फालिँदा पनि आगो फैलिन सक्छ ।

यस्तै खाना पकाइसकेपछि राम्ररी आगो ननिभाउँदा पनि हावाले आगो अन्यत्रै पुर्‍याएर पनि आगो लाग्नसक्छ । बाँकेमा अधिकांश आगलागीका घटना बघौडा क्षेत्र (नरैनापुर) मा नै भएको पाइन्छ । सुख्खा क्षेत्र भएको र फुसका छाना भएका ९घर० कारण पनि आगलागी त्यहाँ बढी भएको हुनु पर्दछ । त्यसमाथि अधिकांश गरिब, अशिक्षित व्यक्तिको बसोबास भएका कारण पनि आगलागी नियन्त्रणको पूर्वतयारीबारे सचेत छैनन् । गर्मी मौसममा हुने अप्रत्यासित आगलागी घटनाले बघौडावासी जहीले पनि आक्रान्त भइरहेका हुन्छन् ।

आगलागी नियन्त्रणमा अनेकन समस्या

नरैनापुरमा–३ जनतापुर घर जलिरहँदा दमकल जानसक्ने बाटो भएन । नरैनापुर गाउँपालिकामा रहेको दमकल जान खोज्दा सहज बाटो नभएपछि खेतैखेत जान बाध्य भयो । दिउँसोको घटना भएका हुनाले स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासबाट आगो निभाउन सम्भव भयो । दमकल केही बेरपछि मात्रै घटनास्थलमा पुग्यो । त्यतिबेलासम्म लाखौँ बाराबरको क्षति भइसकेको थियो ।

आगलागी नियन्त्रण गर्न अनेक समस्या छन् । चार लाख ९१ हजार तीन सय १३ जनसङ्ख्या रहेको बाँके जिल्लाका लागि हाल पाँच वटा दमकल मात्र छन् । दुई हजार तीन सय ४७ वर्ग किमी क्षेत्रफलमा फैलिएको जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा तीन, नरैनापुर र कोहलपुरमा एकरएक दमकल रहेका छन् । अझै पाँच वटा पालिकामा दमकल छैन । अधिकांश स्थानमा सहज सडक सुविधा छैन । कतिपय गाउँमा दमकल जाने बाटोसमेत छैन । बाटोघाटोको पीडा एकातिर छ भने पानी नपाउँदाको पीडा अर्कोतिर छ ।

आगो नियन्त्रण गर्दा आउने चुनौती अनेकन छन् । नेपालगञ्ज उपमहानगरपालिका बारुणयन्त्र इञ्चार्ज झइनबहादुर खड्काका अनुसार सुख्खा मौसममा आगलागीका घटना दोहोरिरहने भएका कारण अहिले दमकललाई भ्याइनभ्याइ छ । दमकल बाँके मात्र नभई बर्दिया, सुर्खेत र सीमा बजार रुपइडिहा तथा आसपासका गाउँमासमेत पुग्ने गर्दछ । यस्तै आगलागी नियन्त्रण दमकलबाट मात्र सम्भव पनि छैन् ।

आगलागी भइहालेमा तत्काल दमकललगायत सम्बन्धित सरोकारवालालाई सूचित गरिनुपर्छ । सही समयमा सही सूचना दिने प्रवृत्ति नभएका कारण पनि आगलागीबाट बढी क्षति हुन पुग्दछ । पानीको स्रोत ९खोला, इनार, नलरधारा० पर्याप्त नभएका कारण पनि पानी नपाएर वा ल्याउन ढिलाइका कारण पनि आगो नियन्त्रणमा समस्या देखिँदै आएको छ । आगो नियन्त्रणका लागि समयमै सबैलाई सूचीत गर्ने र स्थानीय, प्रहरी लगायतको सहयोग लिइनु पर्दछ ।

आगलागी भइपरी आउने मानव सिर्जित विपद् हो, आगलागी प्राकृतिक विपद् भने होइन । मानवीय कमजोरी र सानो लापर्वाहीले नै आगलागी जस्तो विपद् बेहोर्नुपर्ने हुन्छ । आगलागी हुनै नदिनु सबैभन्दा उत्तम विकल्प हो तर पनि हामी त्यसप्रति कत्तिको सचेत र जिम्मेदार छौँ रु आगलागी भइसकेपछि आगो नियन्त्रण गर्नु चानचुने कुरा कदापी होइन । आगलागी हुनै नदिनुका साथै आगलागीपछि नियन्त्रण गर्न, क्षति न्यूनीकरण गर्ने जस्ता उपाय अवलम्बन गर्नु जरुरी छ । आगलागीस्थलमा दमकल पुर्‍याउन, पर्याप्त पानीको व्यवस्था गर्न, आगो नियन्त्रणमा सहयोगी परिचालन गर्न पनि अति आवश्यक हुन्छ । आगो निभाउन प्रयोग गरिने आवश्यक स्रोतसाधन ९बाल्टी, बेल्चा, हरियो बाँसको सही समयमा सही प्रयोग गर्न पनि जान्नु पर्दछ ।

आगलागी हुनै नदिन केके गर्न सकिन्छ । आगलागी भइहालेमा के कसरी बच्ने र बचाउने भन्नेबारे पनि सचेतना फैलाउन जरुरी छ । आगलागी हुन नदिन सन्देशमूलक सूचना विभिन्न भाषामा सञ्चारमाध्यम ९रेडियो, पत्रिका, टिभी० मार्फत सार्वजनिक गर्नुपर्दछ । विपद्का क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी सङ्घसंस्थाबीच आपसी समन्वय र सहकार्यको पनि खाँचो छ । यस्तै अभिभावकले आगोबाट बच्न, बचाउन गर्न सकिने उपायबारे आफ्ना नानीबाबुलाई सम्झाउन सक्नुपर्छ । आगो लाग्नसक्ने त्यस्ता वस्तु बच्चाबच्चीले फेला पर्न नसक्ने स्थानमा सुरक्षित राख्नुपर्दछ । यति गर्न सक्यौँ भने पनि आगलागीबाट हुने ठूलो धनजनको क्षतिबाट बच्न र बचाउन सकिन्छ ।

पूर्वतयारी र राहत

हरेक विपद्बाट जोगिन र जोगाउन केही न केही पूर्वतयारी गरिन्छ । आगलागीबाट जोगीन खासै तयारी गरेको पाइँदैन । यसमा तयारी गर्नुपर्ने पनि खासै देखिँदैन तथापी त्यो भनेर राज्यका संयन्त्र चुप लागेर बस्न भने मिल्दैन । नागरिकको जीउ धनको रक्षा गर्नु राज्यको प्रमुख दायित्व पनि हो । आगलागी हुनुपूर्व कुनै त्यस्तो सङ्केत या सूचना नपाइनेरनदेखिने हुने भएकाले पनि पूर्वतयारी गर्न गाह्रो छ । आगलागी के कसरीे हुनसक्छ रु के कसरी जोगिने र नियन्त्रण गर्ने भन्नेबारेमा व्यापक चेतना फैलाउन जरुरी छ । विशेषतस्आगलागी मौसममा रेडियो, पत्रिकालगायतका सञ्चारमाध्यमबाट सचेतनामूलक सन्देश फैलाउने, गाउँमै पर्चा पम्पलेट टाँस्ने, सडक नाटकलगायतका कार्यक्रमरअभियान गरेर सचेत पार्नुपर्ने हुन्छ ।

यस्तै दमकल तयारी अवस्थामा राख्ने, सडक पहुँच सहज बनाउने, हरेक गाउँटोलमा पानीको उचित व्यवस्था गर्नेलगायतका आधारभूत पूर्वतयारी गर्न कञ्जुस्याइँ गर्न हुँदैन । स्थानीय प्रशासन, प्रहरी, स्थानीय पालिका, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटीजस्ता निकाय र सङ्घसंस्थाबीचको आपसी समन्वय र सहकार्य पनि अत्यन्तै जरुरी छ । आगलागीपीडितको वास्तविक तथ्य सङ्कलन र राहतका सन्दर्भमा पनि खरोरुपमा उत्रिनु पर्दछ । यस्ता संस्थाको निरन्तर पहल र सक्रियताले नै आगलागी नियन्त्रण, राहतलगायतमा सहज भएको छ । आगलागी नियन्त्रण, राहत र न्यायमा जुटेका ती सहयागी सबै हातलाई सलाम छ । रासस