११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको आरोपः अध्यक्ष ओली सहभागी कार्यक्रममा सत्तापक्षका कार्यकर्ताहरुले अबाञ्छित गतिविधि गरे



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले पार्टीका केपी शर्मा ओली सहभागी झापाको बुधबारेमा आयोजित कार्यक्रममा सत्तापक्षकै कार्यकर्ताहरुले अबाञ्छित गतिविधि गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै प्रमुख सचेतक गिरीले पार्टीद्धारा आयोजित सो कार्यक्रममा पार्टी अध्यक्ष ओली सहभागी कार्यक्रम बिथोल्ने, ढुंगामुडा गर्ने काम गरेको भन्दै आपत्ति जनाउनु भएको हो ।

उहाँले मुलुकको शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको सत्तापक्षले नै अध्यक्ष ओली सहभागी कार्यक्रममा होहल्ला गर्ने, ढुंगामुडा गर्ने र कार्यक्रम नै बिथोल्ने प्रयास गरेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । प्रमुख सचेतक गिरीले मुलुकको शान्ति, समृद्धि र विकासका लागि रचनात्मक ढंगले भूमिका निर्वाह गरिरहेको आफ्नो पार्टीको नेतृत्वमाथि त्यस्ता खालको हर्कत हुन्छ भने एमालेलाई सैह्य नहुने चेतावनी समेत दिनु भयो ।

उहाँले भन्नु भयो, ‘नेकपा एमालेका अध्यक्ष, संसदीय दलका नेता केपी शर्मा ओलीज्यू आज बैशाख १३ गते झापाको कार्यक्रममा सहभागी हुनु भएको छ । भोली इलामको जिल्ला परिषदको कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ । १५ गते तेह्थुममा कार्यक्रम छ । त्यस्तै १६ गते पाँचथरको कार्यक्रम पश्चात १७ गते काठमाडौं फर्कने कार्यक्रम तय भएको छ । सभामुख महोदय, काठमाडौंबाट झापातर्फ जाँदै गर्दाखेरी भद्रपुर विमानस्थलमा भईसकेपछि त्यहाँबाट कार्यक्रम स्थल बुधबारेसम्म जाने क्रममा कार्यक्रम स्थलमा पुग्नै लाग्दा खेरी कार्यक्रम स्थलभन्दा बाहिर पट्टि बसेर हाम्रो पार्टीको अध्यक्षलाई त्यहाँ बाहिरबाट होहल्ला गर्ने, कार्यक्रम बिथोल्नका निम्ति अबाञ्छित गतिविधिहरु गर्ने, शान्ति भंग गराउने खालको काम र गतिविधिहरु त्यहाँ भएका छन ।’

‘हामी नेकपा एमाले शान्तिपूर्ण राजनीतिमा विश्वास गछौंै । हामी यो मुलुकमा लोकतन्त्र संस्थागत भएको हेर्न चाहन्छौं । सुशासन र विकासको बाटोमा मुलुक अगाडि बढोस भन्ने हामी चाहन्छौं । मुलुकका तमाम व्यथितिहरु अन्त्य हुनुपर्छ भन्ने पक्षमा हामी छौं । र, आम जनतालाई यो व्यवस्थाप्रति विश्वास जगाउन चाहन्छौं । र, मुलुकलाई एउटा सही गन्तव्यमा अगाडि बढाउने काममा हामी लाग्न चाहन्छौं । हामीले लडेर यो मुलुकमा लोकतन्त्र ल्यायौं । यति ठूलो परिवर्तन हाम्रै नेतृत्वमा हामीले ग¥यौं । तर आज नेकपा एमालेको एउटा कार्यक्रममा सहभागी हुन जाँदै गर्दाखेरी एमालेको नेतृत्वमाथि जुन प्रकारको ढुंगामुडा गर्ने कोशिस गरिन्छ ।’

‘अनेकन ढंगले कार्यक्रम भाँडने कोशिस गरिन्छ । अशान्ति पैदा गर्ने कोशिस गरिन्छ । त्यसमा सत्तापक्षकै कार्यकर्ताहरु घुसपैठ गरिएको छ । र, त्यहाँ भित्र सहभागी गराउने काम हुन्छ । मुलुकमा शान्ति स्थापना गर्ने दायित्व सत्तापक्षको हो कि होइन ? त्यो जिम्मेवार हुनुपर्छ कि पर्दैन ? हामी प्रतिपक्षमा बसेर अन्याय सहन गर्नुपर्ने कुनै कारण छैन सभामुख महोदय । त्यसकारण हामी भनिरहेका छौं । हामी एउटा जिम्मेवार राजनीतिक पार्टी हौं । मुलुकमा एउटा शान्ति र स्थायित्व कायम होस् । देश अझ अग्रगतिको बाटोमा अगाडि बढोस भन्ने पक्षमा हामी लागेका छौं । र, हामीले रचनात्मक ढंगले भूमिका खेलिरहेका छौं ।’

प्रमुख सचेतक गिरीले प्रमुख प्रतिपक्षजस्तो पार्टीलाई जिस्क्याउने काम नगर्न पनि सत्तारुढ दल र सरकारलाई सचेत गराउनु भयो ।