• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   कोशी प्रदेशसभाको विशेष अधिवेशन ★   उच्चशिक्षा अध्ययनमा एसएचई अष्ट्रेलियाको सुरुवात, गुणस्तरीय शिक्षाको प्रतिबद्धता ★   भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई ग्लोबल आइएमई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे ★   पोखरामा माइक्रो बस र जीप ठोक्किँदा आठ चिनियाँ घाइते ★   विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ ★   २९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ ★   एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह ★   एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालको भिडन्त युएईसँग ★   लुम्बिनी र सुदूरपश्चिममा आज हावाहुरीको सम्भावना ★   सुदूरकाे मुख्यमन्त्री बन्दै दीर्घ सोडारी, लक्ष्मणकिशोर अदालततिर

महाकाली घटनाबारे नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’



काठमाडौँ । सरकारले महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतीय पक्षले पक्की संरचना बनाइरहेको विषयमा भारतलाई कूटनीतिक नोट पठाएको छ ।

भारतले पछिल्लो समय दार्चुला सदरमुकाम खलंगाबाट धारचुला जोड्ने पुलमुनि तटबन्धसहितको सडक निर्माण गरिरहेको छ । दार्चुलाको सदरमुकाम खलंगापारि भारतले महाकालीमा तटबन्ध बनाउँदा नेपाललाई असर पर्ने भन्दै स्थानीयले विरोध गरेका थिए ।

नेपाली पक्षको विरोधपछि आइतबार महाकाली वारिपारि नेपाली र भारतीयबीच ढुंगा हानाहान भएको थियो । ढुंगा लागेर स्कुलमा खेलिरहेका बालकसहित ४ जना घाइते भएका थिए । नेपालीमाथि ढुंगा प्रहार र नदी अतिक्रमणबारे जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयलाई आइतबारै मौखिक र सोमबार लिखित जानकारी गराएको थियो ।

लगत्तै गृह मन्त्रालयले दार्चुलामा त्यस्ता घटना दोहोरिन नदिन, भारतलाई एकतर्फी संरचना बनाउन नदिन र बनाउनै परे दुवै देशका प्राविधिक टोलीबाट अध्ययन गरेर एवं सहमति कायम गर्नका लागि गृहमन्त्रालयले रिपोर्ट परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ ।

गृहले कूटनीतिक रूपमा पहल गरी समस्याको दीर्घकालीन समाधान खोज्न भनेपछि मात्र परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत आज कूटनीतिक नोट पठाइएको मन्त्रालयले जनाएको छ ।