• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार ★   चेन्नईका कप्तानको खुलासा – हामी हाम्रो कमजोरीले हारेका होइनौं, शीतका कारण हार्यौँ ★   धनकुटाको कोसेली नरिवल बिस्कुट ★   प्रधानमन्त्री र कतारका अमिरबीच द्विपक्षीय वार्ता : नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह ★   आज क्रिकेटका बादशाह सचिनको जन्मदिन, तोड्न असम्भव जस्तै रहेका उनका ६ रेकर्डहरु ★   तातो हावा ‘लू’बाट बच्न के गर्ने ? ★   कतारका अमिर स्वदेश फिर्ता ★   च्याम्पियन्स ट्रफी २०२५ मा खेल्न भारतीय टोली पाकिस्तान नजाने ! ★   दिल्लीको ल्याण्डफिल साइटमा आगलागी ★   धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका गणेश पौडेलले रुपन्देही–२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

रुपन्देही २ को निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई अनियमित रुपमा निर्वाचित भएको घोषणा गरेको आरोप लगाउँदै उक्त परिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गरी गणेशले रिट निवेदन दायर गरेका हुन् ।

पौडेल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग १ हजार ३ सय ६६ मतान्तरले पराजित भएका थिए । निर्वाचन परिणाम सार्वजनिक भएको ११ दिनपछि उनी सर्वोच्च गएका हुन् । उनले निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नं २, आयोगको केन्द्रीय कार्यालय र निर्वाचित सांसद विष्णु पौडेलसहित ८ निकायलाई विपक्षी बनाएका छन् ।