• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

ट्रक चलाउँदै टिकटक ‘लाइभ’मा आएका चालकलाई ट्राफिक प्रहरीको कारबाही



काठमाडौँ । ट्राफिक प्रहरीले टिकटक ‘लाइभ’ गर्दै ट्रक चलाउने चालकलाई कारबाही गरेको छ । ट्रक चलाउँदै टिकटक ‘लाइभ’ गर्ने चालक मनोजकुमार श्रेष्ठलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

सोमवार चितवनबाट काठमाडौँ जाँदै गरेको प्रदेश ०१ ००६ ख ३१७६ नम्बरको ट्रकका चालक श्रेष्ठले टिकटक लाइभमा बस्दै गाडी हाँकेका थिए । ‘एनआरबी’ नाम गरेका प्रयोगकर्ताले श्रेष्ठले टिकटक ‘लाइभ’ गर्दै गाडी चलाएको भनेर ट्राफिक प्रहरीलाई उजुरी गरेका थिए ।

फिस्लिङबाट काठमाडौँतर्फ गुडिरहेको अवस्थामा उनले टिकटक लाइभ गरेको र यसप्रकारको घटनाले जति बेला पनि दुर्घटना हुन सक्ने उजुरीका आधारमा श्रेष्ठलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालक श्रेष्ठलाई जरिवाना र सचेतना कक्षासमेत दिइएको छ ।