• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने ★   निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द ★   राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना-फोटो फिचर ★   एउटै बँदेलको टोकाइबाट सात घाइते ★   जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला ★   विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपतिको आग्रह ★   राष्ट्रपति र कतारका अमिरबीच भेटवार्ताः हिमाल, पानीको स्रोत जोगाउने तथा पृथ्वीलाई सुरक्षित राख्ने साझा मुद्दामा… ★   राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता ★   ‘नमेटिने घाउ’ मा ओलीको अभिनयसँगै सकियो चलचचित्रको छायांकन ★   राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतलनीवासमा भेटघाट

ट्रक चलाउँदै टिकटक ‘लाइभ’मा आएका चालकलाई ट्राफिक प्रहरीको कारबाही



काठमाडौँ । ट्राफिक प्रहरीले टिकटक ‘लाइभ’ गर्दै ट्रक चलाउने चालकलाई कारबाही गरेको छ । ट्रक चलाउँदै टिकटक ‘लाइभ’ गर्ने चालक मनोजकुमार श्रेष्ठलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

सोमवार चितवनबाट काठमाडौँ जाँदै गरेको प्रदेश ०१ ००६ ख ३१७६ नम्बरको ट्रकका चालक श्रेष्ठले टिकटक लाइभमा बस्दै गाडी हाँकेका थिए । ‘एनआरबी’ नाम गरेका प्रयोगकर्ताले श्रेष्ठले टिकटक ‘लाइभ’ गर्दै गाडी चलाएको भनेर ट्राफिक प्रहरीलाई उजुरी गरेका थिए ।

फिस्लिङबाट काठमाडौँतर्फ गुडिरहेको अवस्थामा उनले टिकटक लाइभ गरेको र यसप्रकारको घटनाले जति बेला पनि दुर्घटना हुन सक्ने उजुरीका आधारमा श्रेष्ठलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालक श्रेष्ठलाई जरिवाना र सचेतना कक्षासमेत दिइएको छ ।