• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल

थापाथली घटनाका दोषीको नाम किटान गरी कारवाहीका लागि महानगरबाट प्रहरीमा उजुरी



काठमाडौँ ।  थापाथलीमा अनधिकृत संरचना हटाउन जाँदा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाहीका लागि काठमाडौँ महानगरपालिकाले प्रहरी परिसर टेकुलाई पत्राचार गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गराउनुभएको हो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा बागमती किनारामा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना भत्काउन जाने क्रममा महानगरीय प्रहरी बलका प्रमुखसहितका प्रहरी घाइते भएका छन् । नगर प्रहरी शर्मिला बोगटीलाई सरीर बन्धक बनाई गम्भीर रुपमा घाइते बनाएका कारण उहाँसहित ३ जना प्रहरीको नर्भिक अस्पतालमा आइसीयुमा उपचार भइरहेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो ।

कर्तव्यका सिलसिलामा प्रहरीमाथि आक्रमण हुन दुःखद कुरा हो । यस कार्यमा सम्लग्नमाथि कानुनी कारवाही गर्न सम्बन्धित निकाय र पदाधिकारीलाई महानगरको अनुरोध छ ।

प्रवक्ता मानन्धर भन्नुहुन्छ, ‘गैरकानुनी रुपमा निर्माण भएका अनधिकृत संरचना हटाउने कार्यमा सबै पक्षबाट सहयोग, सहकार्य र समन्वय हुने विश्वाश गरेका छौँ ।’