• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo

सीताराम विवाह पञ्चमी: स्वयंवर सम्पन्न



जनकपुरधाम । सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज जनकपुरधाममा स्वयंवर कार्यक्रम सम्पन्न भएको छ ।

आज रङ्गभूमि मैदान (बाह्रविघा) मा स्वयंवर कार्यक्रम सम्पन्न भएको हो । विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम आउनुभएको छ ।

राममन्दिर र जानकी मन्दिरबाट डोला निकाली रङ्गभूमि मैदान बाह्रविघामा गएर स्वयंवर कार्यक्रम भएको छ । सीता–राम विवाह कार्यक्रम आज राति सम्पन्न हुँदैछ । जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।