• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

धनुषा १ बाट जसपा का दीपक कार्की विजयी,माओवादी केन्द्रका मातृका पराजित



काठमाडौं। धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी हुनुभएको छ ।

कार्कीले झण्डै ६ हजार मतान्तरले नेकपा माओवादी केन्द्रका नेता मातृका यादवलाई पराजित गर्नुभएको हो । एमालेसँगको तालमेलमा उठेका जसपाका कार्कीले २७४३१ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार यादव २१४८३ मतमा पराजित हुनुभयो ।