• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता ★   ‘नमेटिने घाउ’ मा ओलीको अभिनयसँगै सकियो चलचचित्रको छायांकन ★   राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतलनीवासमा भेटघाट ★   दलका नेतृत्व मठाधीश बनेका कारण लोकतन्त्रमाथि टिकाटिप्पणी भयो: सांसद पौडेल ★   लोकतन्त्रलाई बलियो बनाउन हरेकले आ–आफ्नो भुमिकालाई परिस्कृत गर्नुपर्छ: एमाले सचेतक बराल ★   ‘हार्दिक पाण्ड्याको लय भारतका लागि ठूलो समस्या’ ★   भाडाको कपडा लाउँछन् बलिउड सेलिब्रटी ★   कतारका अमिर नेपालमा- फोटो फिचर  ★   प्लास्टिक सर्जरीको अवस्था र सुरक्षित अभ्यासबारे गोष्ठी हुँदै ★   कतारका राजा काठमाडौँमा, राष्ट्रपतिबाट स्वागत

एमाले अध्यक्ष केपी ओली दोब्बर बढी मतान्तरले विजयी



दमकः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । ओलीले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गर्नु भएको थियो ।

संसदीय निर्वाचनमा ओलीको यो छैटौं जित हो । ओलीलाई यस क्षेत्रमा राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको थियो ।

अध्यक्ष ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्नु भएको थियो । काँग्रेस प्रत्यासी अधिकारीले २३ हजार ७४३ मत मात्र पाउनु भएको थियो ।

एक लाख ५४ हजार २८९ मतदाता रहेको यो क्षेत्रमा १ लाख २ हजार १५० मत खसेको थियो ।

ओली २०६४ को पहिलो संविधानसभा चुनावबाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आउनु भएको छ । उहाँले २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं ६ बाट निर्वाचित हुनु भएको थियो । ओली २०५६ मै झापा क्षेत्र नं. २ बाट समेत निर्वाचित हुनु भएको थियो ।

तर अध्यक्ष ओली २०६४ को संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. ७ बाट पराजित हुनु भएको थियो । उक्त निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देन निर्वाचित हुनु भएको थियो । उहाँ झापा ५ बाट २०७४ मा सर्वाधिक मतका साथ विजयी हुनु भएको थियो ।