• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

ललितपुर २ बाट एमालेका प्रेम बहादुर महर्जन विजयी



पाटनः ललितपुर निर्वाचन क्षेत्र नं २ बाट नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर महर्जन विजयी हुनु भएको छ । यो विजयसँगै एमालेले प्रतिनिधिसभामा खाता खोलेको छ ।

महर्जनले १९ हजार ७३४ मत प्राप्त गर्नु भएको छ । मतगणना समाप्त भइसके पनि निर्वाचन आयोगले महर्जन निर्वाचित भएको घोषणा गरिसकेको छैन ।

महर्जनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत प्राप्त गर्नु भएको थियो ।

यस क्षेत्रबाट सत्ता गठबन्धनले कृष्णलाल महर्जनलाई उम्मेदवार बनाएको थियो । तर मतगणनाको शुरुदेखि नै उहाँ निकै पछि पर्नु भएको थियो ।

नेपाली काँग्रेसले मुस्ताङबाट एक स्थानमा विजय हासिल गरिसकेको छ ।