• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

पोर्चुगलको सहज जित



एजेन्सी । युइएफए नेसन्स लिगमा पोर्चुगलले सहज जित निकालेको छ । गएराति भएको लिग ए ग्रुप दुई अन्तर्गतको खेलमा घरेलु टोली चेक रिपब्लिकलाई ४–० ले पराजित गरेको हो ।

पोर्चुगललाई जित दिलाउन डिओगो डालोटले दुई गोल गरे भने ब्रुनो फर्नान्डेज र डिओगो जोटाले एक–एक गोल गरे ।

यस जितसँगै पोर्चुगल लिग ए ग्रुप दुई बाट ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । हार ब्यहोरेको चेक ४ अंक जोडेर पुछारमा रहेको छ । स्पेनको ८ तथा स्वीट्जरल्यान्डको ६ अंक छ ।