• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

डा केसीको अनसन तोडियो, सरकारसंग १० बुँदे सहमति -सहमति पत्र सहित



काठमाडौँ । सरकारसंग १० बुँदे सहमति पछि १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीले अनसन तोड्नु भएको छ । केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोड्नु भएको हो ।

पत्रकार सम्मेलनमा डा. केसीले समयसीमाभित्र माग सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी समेत दिनु भएको छ । विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा. केसीले धनगढीबाट २० औं सत्याग्रह सुरु गरेका थिए ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । स्वास्थ्य सचिव रोशन पोखरेल र शिक्षासचिव रामकृष्ण सुवेदी टोलीका सदस्य रहेका थिए ।

केसी तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र सुवेदी वार्ता टोलीमा सहभागी रहनु भएको थियो ।