• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

‘प्रेम गीत ३’ ले भारतमा पहिलो दिनमा कति कमायो ?



काठमाडौँ । ‘प्रेम गीत–३’ को हिन्दी संस्करणले भारतमा मात्रै शुक्रबार करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार पहिलो दिन फिल्मले ९२ लाख भारतीय रुपैयाँ कमाएको हो ।

सीमित शोका बाबजुद यस फिल्मले राम्रो व्यापार गर्न सफल भएको आदर्शको भनाई छ ।

सन्तोष सेनको निर्देशन तथा निर्माण रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ ।