• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता ★   बिश्वभर छरिएर रहेका नेपालीलाई कुनै न कुनै रुपमा नेपालसंग जोड्नु पर्छ: उपराष्ट्रपति यादव ★   प्रभु बैंकको ३०२ औं शाखा नयाँगाउँमा सञ्चालन ★   भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय ★   सहकारी प्रकरणमा काग्रेस नेता शिवाकोटीको दाहाल र ओलीलाई प्रश्न ★   भारतको काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता ★   धादिङ खाल्टेको मिनिट्रक दुर्घटनाका घाइतेको मृत्यु ★   यातायात व्यवसायी राष्ट्रिय महासंघ यातायातमा सिण्डिकेटको पक्षमा छैन: अध्यक्ष स्वाँर ★   विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैन: मन्त्री श्रेष्ठ ★   सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो?

बागमती प्रदेश सदस्य माझी राप्रपा नेपाल प्रवेश



हेटौंडा । बागमती प्रदेश सभा सदस्य तथा राप्रपाका निर्बाचित केन्द्रिय सदस्य रिता माझी राप्रपा नेपाल प्रबेश गरेकी छिन् ।

आज बागमती गाउँपालिका(३ मा आयोजित कार्यक्रममा माझिलाई स्वागत गर्दै राप्रपा नेपाल अध्यक्ष कमल थापाले अब कोहि पनि अलमलमा नपरी , भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन कस्सिएर लाग्नुपर्नेमा जोड दिए । मुलुकलाई एउटा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको आबश्यकता भएको र त्यो शक्ति राप्रपा नेपाल बन्न सक्ने थापाको ठम्याई रहेको थियो । उनले मकवानपुरको बिकासको अधुरो काम सम्पन्न गर्न आउने निर्बाचनमा उम्मेदवारी दिन लागेको समेत जानकारी दिए ।

हेटौंडा -काठमाडौं सुरुङ्ग मार्ग, चक्रपथ निर्माण , बिश्वबिद्धालय स्थापना, औद्योगिक क्षेत्रको बिकास आफ्नो प्राथमिकतामा रहेको समेत थापाले बताए ।

कार्यक्रममा बोल्दै प्रदेश साँसद रिता माझिले इमानदारीता , निष्ठा र कर्तब्यबोधका कारण राप्रपा नेपाल रोजेको बताइन् । उनले कमल थापा बिचार र पार्टीको जन्मदाता भएकोले उहाँ सङ्ग काम गर्दा गौरबको अनुभूति हुने समेत बिचार ब्यक्त गरिन।

कार्यक्रममा राप्रपा बागमती गाउँ समितिको सिङ्गो ३ नम्बर वडा समिती राप्रपा नेपालमा समाहित भएको थियो । सबैलाई थापाले स्वागत गरेका थिए। कार्यक्रममा महामन्त्री राजाराम बर्तौला, दिल बहादुर बल, सुबर्ण लामा, ज्ञान बहादुर माझि लगायतले बोलेका थिए ।