• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप, वन्यजन्तु गाउँ पसे ★   दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता हुँदै ★   चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ ★   स्टोइनिसको आईपीएल करिअरको पहिलो शतकमा लखनउले चेन्नईलाई ६ विकेटले हरायो ★   ‘लण्डन डर्बी’मा चेल्सीमाथि आर्सनलको एकतर्फि जित ★   सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत ★   नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक ★   मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने ★   निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द ★   राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना-फोटो फिचर

पत्रकार देवप्रकाश त्रिपाठीद्वारा लिखित कृति ‘तुषानल’ सार्वजनिक



काठमाडौं । पत्रकार देवप्रकाश त्रिपाठीद्वारा लिखित ‘तुषानल’ कृति सार्वजनिक भएको छ । पैरवी बुक्स प्रकाशन प्रालिद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका पूर्वगर्भनर डा तिलक रावल, संविधानविद् डा भीमार्जुन आचार्य र सामाजिक अभियान्ता एवं लेखिका सरु जोशीले संयुक्तरुपमा पुस्तक सार्वजनिक गर्नुभएको हो ।

तुषानल अर्थात् भुसको आगोको नाममा प्रकासन भएको मपुस्तकमा मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापना भएपछिको सत्ता राजनीति, नेताको भूमिका, देशको अवस्थालगायत विषयवस्तु समेटिएको छ ।

कार्यक्रममा पूर्वगर्भनर डा रावल, संविधानविद् डा आचार्य, लेखिका जोशी र राजनीतिक विष्लेषक प्रा पुरुषोत्तम दाहालले बहुदलीय प्रजातन्त्र स्थापनापछि देशमा भएका राजनीतिक घटनाक्रमलाई पुस्तकमा समेटिएको उल्लेख गर्दै लेख र बोलीमार्फत गरिने स्वस्थ आलोचनाले लोकतन्त्रलाई मज्बुत तुल्याउने धाराणा व्यक्त गर्नुभयो ।

कृतिकार त्रिपाठीले एक पत्रकारका हैसियतले आफूले देखेको, भोगेको र बुझेको विषयवस्तुलाई पुस्तकमार्फत पाठकसामु प्रस्तुत गरेको जानकारी दिनुभयो ।