• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   फास्ट ट्रयाकबाट कानून बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने सरकारको निर्णय ★   कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत ★   तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित ★   श्रम स्वीकृती २ मिनेट ४४ सेकेण्डमा दिइराखेका छौँ: मन्त्री अर्याल ★   वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ ★   बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे ★   अफ्रिकामा अझै निर्मूल भएन मलेरिया, जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै ★   चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष ★   मायाको पहिचानको अर्को सफलता: समलिङ्गी तेस्रोलिंगीले प्रत्येक वडा विवाह दर्ता गर्न पाउने ★   चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै मन्त्री पत्नीविरुद्ध मुद्दा दायर



काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षण गरेको भन्दै सुदूरपश्चिम प्रदेशका एक मन्त्रीकी श्रीमतीविरुद्ध मुद्दा दायर भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकास्थित शिव निम्न माध्यमिक विद्यालय (हाल मावि) देवरियामा पढाउँदै आएकी शिक्षिका गीता सोडारीले नक्कली प्रमाणपत्र पेस गरी शिक्षण गरेको भन्दै मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध काठमाडौँ विशेष अदालतमा मुद्दा दायर गरेको हो । शिक्षिका सोडारी सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती हुन् ।

अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार सोडारीले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र भारतबाट नक्कली बनाएर ल्याइ बुझाएर सरकारलाई ढाँट्ने वा नोक्सान पुर्‍याउने काम गरेकी छन् ।