• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   कर्णालीका मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने ★   आगलागीबाट ७९ घर जले, एकको मृत्यु ★   नेपाल र कतारबीचको समझदारी ऐतिहासिक छन्: राजदूत डा ढकाल (अन्तरवार्ता) ★   जुम्लामा स्याउ फुल्न थालेपछि बगैँचा सेताम्मे ★   कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’: ‘माइण्ड ब्लोइङ’ ★   कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा ★   ओलाङ्चुङगोला पुग्न सहज ★   शाहरुखको बारेमा मनिषाले भनिन्– ठूला स्टार भए पनि घमण्ड थिएन, भुइँमा बसेर चिया पिउँथे ★   उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिबाट अनुमति ★   नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न सकेन: उर्जामन्त्री बस्नेत

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै मन्त्री पत्नीविरुद्ध मुद्दा दायर



काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षण गरेको भन्दै सुदूरपश्चिम प्रदेशका एक मन्त्रीकी श्रीमतीविरुद्ध मुद्दा दायर भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकास्थित शिव निम्न माध्यमिक विद्यालय (हाल मावि) देवरियामा पढाउँदै आएकी शिक्षिका गीता सोडारीले नक्कली प्रमाणपत्र पेस गरी शिक्षण गरेको भन्दै मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध काठमाडौँ विशेष अदालतमा मुद्दा दायर गरेको हो । शिक्षिका सोडारी सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती हुन् ।

अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार सोडारीले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र भारतबाट नक्कली बनाएर ल्याइ बुझाएर सरकारलाई ढाँट्ने वा नोक्सान पुर्‍याउने काम गरेकी छन् ।