• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   बटलरको शतकमा राजस्थानले २२४ रनको लक्ष्य पछ्याउँदै कोलकातालाई २ विकेटले हरायो ★   प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्काइवाक टावरमा छुट ★   निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री ★   के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो? ★   स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल ★   एक खेल अगावै नेपाल समूह विजेता, सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना ★   जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै ★   राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छ: अध्यक्ष दाहाल ★   काश्मिरमा डुङ्गा डुब्दा छ को मृत्यु, अझै धेरै बेपत्ता ★   १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री

नेपालका १० प्रमुख पर्यटकीय गन्तव्य



देशी तथा विदेशी पर्यटक कयौँ कारणले नेपाल घुम्न रुचाउँछन् । केही पर्यटक ठूला ठूला हिमालप्रति आकर्षित हुन्छन् । केही भने हिमालको शिखर चुम्न र पदयात्राका लागि आकर्षित हुन्छन् । केही मानिस यहाँको संस्कृति र यहाँका खास पर्यटकीय स्थल हेर्न रुचाउँछन् ।

सुन्दर हिमालका टाकुराका साथै नेपाल बौद्ध र हिन्दू धर्मको प्रमुख केन्द्र पनि हो । नेपालका यी प्रमुख १० पर्यटकीय गन्तव्यको यात्राबिना तपाइँको नेपाल घुमाइ अपूरो नै रहनेछ ।

१) काठमाडौँ

काठमाडौँ नेपालको सांस्कृतिक राजधानी हो । यो एक अत्यन्त आकर्षक सहर पनि हो । यो सहर नेपालको यस्तो स्थान हो जसले पर्यटकलाई साँच्चै नै रोमाञ्चित बनाउँछ । एक हजार ४०० मिटरको उचाइमा रहेको यो सहर मठ, मन्दिर र आध्यात्मिकताका लागि प्रसिद्ध छ ।

पशुपति क्षेत्र, पाटन दरबार स्वायर, स्वयम्भू, भक्तपुर दरबार स्क्वायर, काठमाण्डौँ दरबार स्क्वाय, बौद्धनाथ स्तुप जस्ता थुप्रै पर्यटकीय क्षेत्र यहाँ रहेको छन् ।

२) पोखरा

पोखरा नेपालको सबैभन्दा लोकप्रिय पर्यटन स्थलमध्येको एक हो । हिमालयको काखमा रहेको पोखरालाई नेपालको पर्यटकीय राजधानी पनि मानिन्छ । यो विशेष पर्यटन गन्तव्यको सयर गर्न प्रत्येक वर्ष लाखौँ मानिस पोखरा आउँछन् ।

पोखरा काठमाडौँपछिको दोस्रो ठूलो पर्यटकीय सहर हो जुन ९०० मिटरको उचाइमा अवस्थित छ । हिमालयको प्रवेशद्वाराका रुपमा रहेको पोखराले यहाँ आउने पर्यटकहरुलाई आफ्ना सुन्दर स्थलहरुका साथै रोमाञ्चक खेलहरुबाट पनि साक्षात्कार गराउँछ ।

३) नगरकोट

यदि तपाइँ हिमालयका शिखरको सुन्दरतालाई नजिकैबाट नियाल्न चाहनुहुन्छ भने नगरकोट सबैभन्दा सही गन्तव्य हो । यो स्थानबाट तपाइँले हिमालयका १३ पर्वत शृंखलामध्ये आठ शृंखला देख्न सक्नुहुन्छ । नगरकोट काठमाडौँबाट २८ किलोमिटरको दूरीमा छ । दुई हजार मिटरको उचाइमा रहेको नगरकोट प्रकृतिप्रेमीका लागि स्वर्ग समान छ ।

४) जनकपुर

जनकपुरलाई जनकपुत्री सीताको जन्मस्थान र भगवान् रामको विवाह भएको सहरका रुपमा मानिन्छ । यो सहरले आफ्नो सुखद मौसम, उत्सव तथा मन्दिरहरुका कारण प्रत्येक वर्ष लाखौँ मानिसलाई आकर्षित गर्छ । यहाँको जानकी मन्दिर अत्यन्त प्रसिद्ध छ ।

५) लुम्बिनी

नेपालको अर्को घुम्नै पर्ने स्थान लुम्बिनी पनि हो । भगवान् बुद्धको जन्मस्थल यो सहर बौद्ध धर्मको प्रमुख तीर्थस्थल हो । लुम्बिनी विश्व सम्पदा सूचीमा परेको धरोहर पनि हो । लुम्बिनीमा रहेका स्तूप र मठले यो सहरलाई विशेष बनाएको छ । यो स्थानलाई सम्राट अशोकको स्मारक स्तम्भका रुपमा पनि चिनिन्छ ।

६) सगरमाथा

सगरमाथा विश्वकै सर्वोच शिखर हो । यो नेपालको मात्र नभएर विश्वभरका मानिसहरुको महत्वपूर्ण गन्तव्य पनि हो। साहसिक पदयात्रामा रुचि राख्नेका लागि सगरमाथ बेसक्याम्प उत्कृष्ट गन्तव्य बन्न सक्छ । यहाँ बर्सेनि हजारौँ पर्यटक पुग्ने गर्छन् ।

७) खप्तड राष्ट्रिय निकुञ्ज

खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालमा अवस्थित छ । चारपहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा खप्तड राष्ट्रिय निकुञ्ज रहेको छ। खप्तड राष्ट्रिय निकुञ्ज सन् १९८४ सालमा स्थापना भएको हो । यो निकुञ्ज २२५ वर्ग कि।मी। क्षेत्रफलमा फैलिएको छ ।

यस राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गदर्छ । यस निकुञ्जमा सल्ला, खसुर र निगालाके जगंलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन् । प्राकृतिक, धार्मिक र साँस्कृतिक विविधताले भरिएको खप्तड क्षेत्र पर्यटकहरुका लागि उत्कृष्ट गन्तव्य हो ।

८) रारा ताल

रारा ताल एक पटक पुग्नै पर्ने स्थान हो । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित राराताल नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । रारा क्षेत्र मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा पर्दछ । यो ताल समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा अवस्थित छ ।

बदलिइरहने पृष्ठभूमिमा गाढा नीलो पानीले भरिएको रारा ताल हेर्दा स्वर्ग पुगेको आभास हुन्छ । ताल रारा राष्ट्रिय निकुञ्जले घेरिएको छ । तालवरिपरि फन्को लगाउन गोरेटो बाटो छ । दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठदेखि आश्विन महिनासम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ ।

९) माथिल्लो मुस्ताङ

माथिल्लो मुस्ताङ विदेशी पर्यटकका लागि मात्र नभई आन्तरिक पर्यटकका लागि पनि आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ । मनोरम दृश्यले हरेक मानिसलाई माथिल्लो मुस्ताङले आकर्षित गरिरहेको छ । नेपालको अन्य भौगोलिक बनोटभन्दा फरक माथिल्लो मुस्ताङको प्राकृतिक सौन्दर्यले यो स्थान पर्यटकका लागि आकर्षक गन्तव्य बन्न पुगेको छ ।

१०) अन्नपूर्ण पदमार्ग

अन्नपूर्ण पदमार्गलाई विश्वको चर्चित पदमार्गमध्ये एक मानिन्छ । । यो पदमार्ग विश्वका उत्कृष्ट दश पदमार्गभित्र पर्दछ । त्यसैले यो पदमार्ग विश्वभर परिचित छ । यो पदमार्ग नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने गर्छ ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहरलाई भनिन्छ । बेँसीसहर खुदी, भुलभुले, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे, थोरङपास हुँदै मनाङ पुगेपछि अन्नपूर्ण पदमार्ग सकिन्छ ।