• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै

दशैँको समयमा पनि व्यापार नहुँदा न्युरोडका व्यापारी चिन्तित-फोटोफिचर/भिडियो



काठमाडौँ । दशैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन् ।

काठमाडौंको असन, न्युरोडका व्यपारीहरु दशैँको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन् । नेपालीहरुको महान चाड बडा दशैँको समयमा गत वर्षमा ग्राहकहरुको ठेलाम्ठेल हुने असन र न्युरोड बजार अहिले शुन्य प्रायः छन् । केही चहलपहल त छ तर सोचेअनुसार को चहलपहल भने हुन नसकेको व्यापारीहरुको गुनासो छ ।

गत वर्षहरुमा न्युरोड क्षेत्रमा हिँड्नेसमेत ठाउँ नहुने गरेर मानिसहरु किनमेलका लागि आउने गरेपनि यसवर्ष भने कम मात्रै आइरहेको उनीहरुले बताए । कोरोना महामारी पछि व्यापार व्यवासायहरु राम्रोसँग फस्टाउन सकेको छैन ।  साथै नेपालीहरुले पनि आफ्नो महान चाड कोरोनाकै कारण राम्रोसँग मनाउन सकेका छैनन् ।

यस वर्ष कोरोना महामारीको असर कम रहेपनि डेंगुका संक्रमणका कारण पुनः दैनिक जनजीवन अस्तव्यस्त बनेको छ । चाडबाड नजिकिँदै गरिरहेको अवस्थामा देशभर डेंगुका बिरामीहरु दिनप्रतिदित बढीरहेका छन् । जसका कारण पनि आम मानिसहरु बजारमा त्यत्ति देखिँदैनन् । साथै चाडबाडमा नयाँ लुगा, नयाँ परिकार खानकाक लागि पनि अनलाइनबाट नै होम डेलिभरी हुनाले भौतिक रुपमा नै उपस्थित भएर सामान किनबेच गर्नेको संख्या कम हुँदै गएको सहजै आँकलन गर्न सकिन्छ ।

कोरोनाका कारण आम मानिसको आर्थिक अवस्था पनि कमजोर भएकाले बजारमा ग्राहकहरुको चहलपहल कम भएको हुनसक्ने बताउनुहुन्छ न्युरोडस्थित कपडा पसलका व्यापारी दिनेश साही । उहाँले विगतका वर्षहरुको तुलनामा यस वर्ष कमैमात्र व्यापार भएको बताउनु भयो ।

त्यस्तै न्युरोडमा नै जुत्ता, चप्पल व्यापार गर्दै आउनुभएका उद्धव ढुंगेलको पनि भनाइ फरक छैन । सोचेअनुसारको व्यापार नहुँदा पसल भाडा तिर्नपनि हम्मेहम्मे परेको बताउनु भयो । उहाँले विगतका वर्षहरुमा हिँड्ने बाटो नहुने न्युरोडमा यस पटक भने खुला भइरहेको अनुभव गरेको बताउनु भयो ।

दशैँ नजिकिएसँगै व्यापार पनि होला भन्ने सोचले सामान ल्याएको तर ग्राहक नआउँदा आफूहरु अहिले समस्यामा परेको बताउनु भयो । कोरोना भाइरस र बढ्दो डेंगुका कारण पनि नागरिकहरु घरभित्रै भएकाले पनि दशैँको सामान किन्न खासै बजार निस्किएका छैनन् । ग्राहकलाई आकर्षण गर्न व्यापारीले विभिन्न सामानमा छुटको व्यवस्था गरेपनि त्यसमा ग्राहकको आकर्षण कम देखिएको छ ।