• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिबाट अनुमति ★   नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न सकेन: उर्जामन्त्री बस्नेत ★   आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक: राष्ट्रपति ★   दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण ★   जङ्गलभरि आगलागी: बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु ★   धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप ★   बझाङ उपनिर्वाचन: उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक ★   त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम ★   ‘सरकारको अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो’: प्रधानमन्त्री दाहाल ★   मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

‘डेङ्गु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन’



kqsf/ ;Dd]ngdf dGqL vfk’ª sf7df8f}F, ^ c;f]hM :jf:Yo tyf hg;ªVofdGqL ejfgLk|;fb vfk’ª laxLaf/ l/kf]6{;{ Sna g]kfnåf/f cfof]lht kqsf/ ;Dd]ngdf dGtJo JoQm ug'{x’Fb} . tl:a/ M ;lrgf aflgofF÷/f;;

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले डेङ्गु रोग नियन्त्रण गर्न देशभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताउनुभएको छ । डेङ्गु नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयअन्तर्गत महाशाखा प्रमुखको नेतृत्वमा स्थानीय तहसँगको समन्वयमा वडासम्म नै उक्त अभियान सञ्चालन गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खापुङले भन्नुभयो, “सबैभन्दा धेरै जनतासँग जोडिने स्थानीय तहको पनि वडामा जनप्रतिनिधिको नेतृत्वमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न सकेमा अझ बढी प्रभावकारी हुने हाम्रो बुझाइ छ । सोहीअनुसार नियन्त्रणका लागि अगाडि बढेका छौँ ।”

प्रत्येक शनिबारको बिहान उक्त अभियान सञ्चालन गर्न आमनागरिकलाई पनि आह्वान गर्दै आएको उहाँले सुनाउनुभयो । “आफ्नो घर, छर–छिमेक, गमला, खाल्डाखुल्डी, पानी जमेका ठाउँ खोजेर नष्ट गर्ने अभियानमा सहभागिता जनाउन मन्त्रालयबाट सम्पूर्णलाई आह्वान गरिएको छ”, उहाँले भन्नुभयो ।

डेङ्गु नियन्त्रणका लागि विद्यालय, होटल एशोसिएशनसँग छलफल गरेर अभियान सञ्चालन गर्नेबारे छलफल भइरहेको उहाँको भनाइ छ । डेङ्गुका बिरामीलाई उपचार गर्न सबै अस्पताल ‘अपडेट’ गराएको उहाँले जानकारी दिनुभयो । सिटामोल अभावबारे औषधि उत्पादकसँग पटकपटक छलफल गरिएको र बजारमा औषधि अभाव हुन नदिन समझदारी निर्णय भएको उहाँले स्पष्ट पार्नुभयो । डेङ्गु रोग नियन्त्रणका लागि जनचेतना अभियान सञ्चालन भएका छन ।

डेङ्गुले बिहान र बेलुका बढी टोक्ने भएकाले विशेष गरि दिउँसो शरीर ढाक्ने लुगा लगाउन आग्रह गर्दै उहाँले भन्नुभयो, “लामखुट्टे नियन्त्रण गर्नु यसको सबैभन्दा पहिलो उपाय हो । घर बाहिर निस्कदा, यताउता हिँड्दा पूरै जीउ ढाक्ने लुगा लगाउनुपर्छ, सकेसम्म आफैँ सचेत हुनुपर्छ ।”