• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा ★   बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु ★   यसरी स्मरण गर्नुभयो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मनमोहन अधिकारीलाई ★   मुख्यमन्त्री भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै ★   राष्ट्रिय विकास परिषद्को बैठक आज, १६औं योजनालाई अन्तिम रुप दिइने ★   महाेत्तरीका अग्निपीडितकाे विचल्ली, राहतको प्रतीक्षा ★   किन कतार जान पाएनन् रूद्रकली र खगेन्द्रप्रसाद ? ★   म्यान्चेस्टर युनाइटेडको सहज जित ★   लिभरपुललाई उपाधि होडमा धक्का, एभर्टनसँग स्तब्ध ★   आईपीएलः दिल्लीले गुजरातलाई दोस्रो पटक हरायो

नेप्से परिसूचक ९.८४ अंकले गिरावट



काठमाडौँ । बुधवार ११ अंकले बढेको नेप्से परिसूचक बिहीवार भने ९ अंकले घटेको छ ।

बिहीवार नेप्से परिसूचक ९.८४ अंकले घटेर १८३८.९६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंकले घटेको छ ।

बिहीवार कारोबारमा आएको २२९ कम्पनीको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर दिन ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार ७२ करोड बराबरको कारोबार भएको थियो ।

बिहीवार नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् । जसमा फाइनान्स र माइक्रोफाइनान्स उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेप्से परिसूचक घटे पनि बिहीवार सामलिङ्ग पावरको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै अपर हेवाखोला हाइड्रोपावरको २.८७ प्रतिशत र वरुण हाइड्रोपावरको २.१६ प्रतिशतले बढेको छ । तर यता विन्द्यवासिनी

हाइड्रोपावरको शेयरमूल्य ५.२६ प्रतिशतले घटेको छ । आज नबिल बैंकको सबैभन्दा धेरै २ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।