• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   कानुनका कुरा : प्रहरीले पक्राउ गर्यो, अब के गर्ने ? ★   घुमघामको गन्तव्य टौदह: काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल-फोटो फिचर ★   विस्तारित स्वास्थ्य सेवामा पहुँच बढाउन अमेरिकाद्वारा करिब १६ करोड रुपैयाँको धनुषा प्रसूति केन्द्रको हस्तान्तरण ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी ★   चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला ★   नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर बिरोध ★   सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह ★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा

सिफारिसबिना बेच्न नपाइने औषधि आफूखुसी बेच्दै



symbolic picture

कञ्चनपुर । चिकित्सकको सिफारिसमा मात्रै बेच्न पाइने औषधि शुक्लाफाँटा नगरपालिका क्षेत्रमाका मेडिकल सञ्चालकले आफूखुसी बेच्दै आएका छन् ।चाडपर्वलाई लक्ष्य गरी नगरपालिकाले आजदेखि बजार अनुगमन गर्दा कलुवापुर बजारका चारवटा मेडिकलमा चिकित्सकको सिफारिसबिना त्यस्ता औषधि बेच्ने गरेको पाइएको हो ।

चिकित्सको सिफारिसअनुसार अभिलेख राखेर बेच्नुपर्नेमा मेडिकल सञ्चालक बिनाअभिलेख बेचेको पाइएपछि त्यस्ता औषधि जफत गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब हरिनाथले बताउनुभयो ।“नशा रोग, निन्द्रा लगाउने, गर्भपतन गराउनेलगायत औषधि बेच्नका लागि मेडिकलमा राखेको पायौँ”, उहाँले भन्नुभयो, “बेचिएका त्यस्ता औषधिको अभिलेखसँगै चिकित्सकको सिफारिस पनि फेला नपारेपछि जफत गरेका छौँ ।”

भियग्रा नामक औषधिसमेत चिकित्सको सिफारिसबिना बेच्न नपाइने भएकाले सो समेत जफत गरिएको सिनियर अहेब हरिनाथले बताउनुभयो । उहाँका अनुसार म्याद नाघेको ठूलो परिणामको औषसधसमेत तीनवटै मेडिकलबाट बरामद गरिएको छ । चिकित्सकको सिफारिसबिना चलाउनै नपाइने औषधि बेच्ने मेडिकलका बारेमा प्रचलित कानुनअनुसार कारबाही हुने बताइएको छ ।

बजार अनुगमनका क्रममा म्याद नाघेका र मेडिकल सञ्चालकले सिफारिसबिना आफ्नै खशीले बेच्न नपाउने औषधि नबेच्न सचेत गराइए पनि अटेरी गर्दै मानव स्वास्थ्यमा असर पर्ने गरी औषधि बेच्न थालेपछि नगरपालिकाले कारबाही अगाडि बढाउने भएको छ ।

अनुगमन टोलीले औषधि पसल चार, मासु पसल एक, नास्ता पसल चार, मिठाइ पसल एक, किराना पसल सात, मोबाइलसम्बन्धी पसल चार, सुनचाँदी पसल एक, हार्डवेयर पसल तीन, फेन्सी पसल दुई, श्रृङ्गार पसल एक र अन्य एक गरी ३१ वटा पसलमा अनुगमन गरेको थियो ।

अनुगमन गरिएका पसलमा मूल्यसूची नराखिएको, म्याद नाघिएका वस्तु राखिएको र नापतौलाका उपकरण प्रमाणित नगरेको पाइएको छ । “म्याद नाघेका वस्तु तत्कालै जफत गरेका छौँ”, अनुगमन टोलीमा सम्लग्न नगरपालिकाका नायब सुब्बा लक्ष्मीदत्त पाण्डेयले भन्नुभयो, “नापतौलका उपकरण तत्काल प्रमाणित गराउन र चियानास्ता पसलमा सरसफाइ गर्नका लागि पहिलोपटकका लागि सचेत गराएका छौँ ।”

बजार क्षेत्रमा हुने कालोबजारी नियन्त्रण गर्ने कार्यसँगै सर्वसाधारणले सहज र सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु चाडपर्वका बेला उपभोग गर्न पाउन् भनेर अनुगमनलाई अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताउनुभयो ।

चाडपर्वका बेला बजार क्षेत्रमा व्यापारीले मनोमानी तरिकाले मूल्य वृद्धि गरी सामान बेच्दा सर्वसाधारणलाई आहात हुने भएकाले त्यस कुरालाई मध्यनजर गरी बजार अनुगमनको कार्यलाई कडाइका साथ अगाडि बढाइएको उहाँको भनाइ थियो । दशैँ, तिहारसँगै छठपर्वसम्म बजार अनुगमन जारी रहने बताइएको छ ।

 




भर्खरै