• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपतिको आग्रह ★   राष्ट्रपति र कतारका अमिरबीच भेटवार्ताः हिमाल, पानीको स्रोत जोगाउने तथा पृथ्वीलाई सुरक्षित राख्ने साझा मुद्दामा… ★   राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता ★   ‘नमेटिने घाउ’ मा ओलीको अभिनयसँगै सकियो चलचचित्रको छायांकन ★   राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतलनीवासमा भेटघाट ★   दलका नेतृत्व मठाधीश बनेका कारण लोकतन्त्रमाथि टिकाटिप्पणी भयो: सांसद पौडेल ★   लोकतन्त्रलाई बलियो बनाउन हरेकले आ–आफ्नो भुमिकालाई परिस्कृत गर्नुपर्छ: एमाले सचेतक बराल ★   ‘हार्दिक पाण्ड्याको लय भारतका लागि ठूलो समस्या’ ★   भाडाको कपडा लाउँछन् बलिउड सेलिब्रटी ★   कतारका अमिर नेपालमा- फोटो फिचर 

बारामा ४४ जनामा डेङ्गु पुष्टि



बारा । बारामा डेङ्गुको प्रकोप बढ्दै गएको छ । डेङ्गुका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ ।

बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेङ्गुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेङ्गुका बिरामी फेला परेका छन् । धेरै उपचार गराएर निको भई घर फर्केका छन् भने कतिपय प्रदेशिक अस्पताल कलैयामा उपचार गराइरहेको निमित्त प्रमुख यादवले भने ।

डेङ्गु रोग परीक्षण गर्ने कीटको अभावमा अझै रोग पत्ता लगाउन नसकेको हुँदा कीटको आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी दिएको निमित्त जनस्वास्थ्य प्रमुख यादवले जानकारी गराए । डेङ्गु रोग अझै बढ्न सक्ने उनको भनाइ रहेको छ ।

बारामा डेङ्गुबाट अहिले मृत्यु भने भएको छैन । डेङ्गु रोग प्राणघातक रोग भएको हुँदा घर वरपर सरसफाइ राख्न, पूरै शरीरभरि कपडा लगाउन, खाल्डाखुल्डीमा पानी जम्न नदिनेलगायतका स्वधानी अपनाउन प्रदेशिक अस्पताल कलैयाका डा विकेश पाण्डेयले सुझाव दिए ।