• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

च्याम्पियन बंगलादेशबाट नेपालले के सिक्ने ?(भिडियोसहित)



काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा भारतको दबाब तोडिएसँगै नयाँ राष्ट्र बंगलादेश नयाँ च्याम्पियन बन्यो । छैठौ पटक फाइनलमा उपाधिका लागि प्रतिष्पर्धा गरेको नेपाल पाँच पटक नै उपविजेतामा खुम्चिन बाध्य भयो ।

घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्य यस संस्करण पनि नेपाललाई जुरेन । नयाँ शक्तिको रुपमा बंगलादेश उदाउँदा नेपालको स्तर कसरी नियाल्ने भन्ने जवाफ नयाँ च्याम्पियनले प्रस्टाएको छ । सँगै दक्षिण एशियामा अन्य मुलुकले फुटबल सुधारका गतिविधिलाई चलायमान गर्दा नेपाली टोलीमा अपेक्षा अनुसारको सुधारको संकेत देख्न कठिन भएको छ ।

घरेलु मैदानमा दोस्रोपटक अवसर पाएको नेपाली महिला टोलीलाई सोमवार साफ महिला फुटबलको उपाधि उचाल्ने सुनौलो मौका थियो । सधैको विजेता भारतमाथिको जितपछि उपाधि नजिक पुगेको नेपालले नयाँ प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्नु थियो । टोली उ
च्च मनोबलमा पनि थियो । किनकी अघिल्ला संस्करणका भेटमा नतिजा नेपालमो पक्षमा थियो ।

बंगलादेशमाथि जितको अपेक्षासहित १६ हजार दर्शक अगाडि खेलेको नेपालले सो नतिजालाई फाइनलमा भने निरन्तरता दिन सकेन । बंगलादेशले समूह चरणका खेलबाट नै उदाउँदो शक्तिको संकेत दिएको थियो । तर नेपाली टोलीको अवस्थामा भने शंका गर्ने अनेकौ पाटा रहे । फाइनलमा पराजित भएपछि नेपाली टोलीकी कप्तान एन्जिाल तुम्बापो सुब्बाले अनुभवको कमीको कारण बताएकी थिइन् । आउँदा दिनमा नेपाली महिला टोली अझै माथि पु¥याउनका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता, घरेलु प्रतियोगितादेखि ग्रासरुट सम्मको योजना आवश्यक रहेको औंल्याइन् ।

कप्तान एन्जिालाले भनेजस्तै नेपाली महिला टोलीका लागि अनुभव लिने घरेलु प्रतियोगिता बिरलै मात्र हुन्छन् । नाम मात्रको राष्ट्रिय लिग आयोजना गर्ने अखिल नेपाल फुटबल संघले अन्य प्रतियोगिता आयोजना गर्न सकेको छैन । पुरुष प्रतियोगिता मोफसलमा आयोजना भएपनि महिला प्रतियोगिता हुँदैन भन्दा फरक पर्दैन ।

प्रतियोगिता आयोजना हुने भन्दा केही महिना अघि मात्र महिला खेलाडीलाई डाकेर बन्द प्रशिक्षणमा राख्ने एन्फाको पुरानै चलन हो । महिला फुटबल विकास भएको ४० वर्षको इतिहास भएपनि सुधारका लागि कुनै प्रयास भइरहेको छैन । अघिल्लो वर्ष बल्लतल्ल डबल लिग शुरुवात भएपनि विभागीय टोली बाहेक अन्य टोलीले प्रतिष्पर्धात्मक खेल देखाउन सकेनन् । फुटबल विश्लेषक सञ्जीव मिश्रले महिला फुटबलको विकास संस्थागत गर्न लागि घरेलु फुटबल लिग र प्रतियोगिता धेरैभन्दा धेरै आयोजना गर्नुपर्ने बताउँछन् ।

नेपाली टोलीमा अर्को समस्या भनेको प्रतियोगिता लक्षित गरेर प्रशिक्षक नियुक्त गरिनु पनि हो । केही महिना अगाडि मात्र प्रशिक्षक नियुक्त गर्दा अपेक्षा अनुसार नतिजा ननिस्किएको कतिपयको विश्लेषण छ । साथै दीर्घकालिन योजना नहुँदा महिला टोलीको मेहनत अपर्याप्त भएको हो ।

सोमवार नेपालबिरुद्ध बंगलादेशले निकालेको सफलता त्यसै हासिल गरेको होइन । उसले यसका लागि लामो समयदेखि मेहनत, लगानी, दीर्घकालिन योजना, आदिको उपज हुन् । जुन बंगलादेशले पायो । सन् २०१५ मा बंगलादेशले काठमाडौंमै सम्पन्न एएफसी यू–१४ महिला रिजनल च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यस प्रतियोगिताको लागि बंगलादेशले देशभरबाट प्रतिभा छनोट खेलाडी उत्पादनमा ध्यान दिँदै नयाँ खेलाडीलाई राष्ट्रिय जिम्मेवारमा लिएको थियो ।

यस बीचमा लाखौँ युवा खेलाडीहरू यसमा सहभागी भए र झन्डै एक वर्षको आवासीय प्रशिक्षणबाट उत्कृष्ट खेलाडी छनोट गर्दै फुटबल विकासको गति दिएको थियो । विभिन्न प्रतियोगितामा अनुभव संगाल्दै आएको बंगलादेशले सुखद् नतिजा दिन थालेको थियो । जुन नेपालले अनुशरण गर्नुपर्ने देखिएको छ । बंगलादेश उदय हुँदै गर्दा भारत पनि नेपाल भन्दा प्राविधिक हिसावमा बलियो छ ।

साफमा भारत प्रतिद्वन्द्वी भइरहेको अवस्थामा बंगलादेश उदाउनु अन्य मुलुकका लागि थप चुनौति बढेको हो । नेपालको स्तर बढाउनका फुटबल विश्लेषक सञ्जिव मिश्रले योजनावद्ध तरिकाले अगाडि बढ्नुपर्ने सुझाव दिए ।

बंगलादेशले जसरी फुटबलमा लगानी गरेको छ, सोही अनुसार नेपालमा पनि लगानी र ग्रासरुटबाट उकास्ने योजनाको आवश्यक छ । तर बिडम्बना नेपालको हालत ठीक विपरीत छ । फुटबलको अभिभावक संस्थामा कुर्चीका लागि प्रतिष्पर्धा भइरहँदा फुटबल विकासका नारा ओझेलमा परेको सबैमा सर्वविदितै छ । नयाँ शक्ति उदाउँदा एन्फा नेतृत्वलाई महिला फुटबलको विकासका लागि योजना सोच्नैपर्ने अवस्था टड्कारो भएको छ ।