• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा ★   युएईविरुद्ध नेपालले गुमायो सातौं विकेट ★   युएईविरुद्ध अर्धशतक बनाएर आउट भए सन्दीप जोरा, नेपालको छैटौं विकेट पतन ★   युएईविरुद्ध नेपालले गुमायो पाँचौं विकेट, दिपेन्द्रसिंह ऐरी ५ रनमा आउट ★   कसरी गर्ने पदयात्राको तयारी ? ★   युएईविरुद्ध नेपाललाई चौंथो झट्का ★   एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै ★   तोलामा रु सात सयले बढ्यो सुनको मूल्य ★   युएईविरुद्ध नेपालको खराब सुरुवात, गुमायो तेस्रो विकेट, रोहित ५ रनमा आउट ★   युएईविरुद्ध नेपाललाई दोस्रो झट्का, ८ रन जोडेर आउट भए आसिफ

अनशनरत डा. केसी आफ्नै खर्चमा काठमाडौं आउँदै



काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसी बुधबार आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् ।

सरकारले नेपाली सेनाको हेलिकप्टरमा उद्धार गर्न खोज्दा अस्वीकार गरेका उनी आफ्नै खर्चमा ४ः४५ बजे उडानमार्फत धनगढीबाट काठमाडौं आउन लागेका हुन् ।

सरकारले अनशनरत डा. केसीलाई काठमाडौं ल्याउन मंगलबारदेखि नै प्रयास गरेको थियो । त्यसका लागि सेनाको हेलिकप्टर धनगढी विमानस्थल पुगेको थियो ।

तर, १० दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका डा. केसीले सेनाको हेलिकप्टरमा काठमाडौं आउन मानेका थिएनन् ।

केसीको स्वास्थ्य स्थिति झन् जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले मंगलबार दिउँसो हेलिकप्टर धनगढी पठाएको थियो ।

स्वास्थ्यमा जटिलता देखिएपछि डा. केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । उनको पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ ।