• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

नेप्से परिसूचक ३३.९७ अंकले गिरावट



काठमाडौँ । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ ।

पछिल्लो समय निरन्तर रुपमा घटिरहेको नेप्से परिसूचक आईतवार नेप्से परिसूचक ३३.९७ अंक घटेर १८७६.४१ बिन्दुमा झरेको छ ।आईतवार नेप्से परिसूचक १९ सय अंकको बिन्दुबाट पनि तल झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.०४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंकले घटेको छ ।

आइर्तवार कारोबारमा आएका २२९ कम्पनीको ६२ लाख ९६ हजार कित्ता शेयर १ अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । वाणिज्य बैंकहरुले ब्याजदर बढाउने निर्णय गरेसँगै नेप्से परिसूचक निरन्तर रुपमा उच्च अंकले गिरावट आइरहेको छ ।

नेप्सेका १३ उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार उपसमूहको परिसूचक ३.२४ प्रतिशतले घटेको छ । त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक ३.०९ प्रतिशत घटेको छ भने विकास बैंक, वित्त, जीवन बीमा, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

आईतवार नेप्सेपरिसूचक उच्च अंकले घटेपनि ग्लोबल आइएमई समुन्नत स्किमको इकाईमूल्य ५.३५ प्रतिशत बढेको छ । त्यसैगरी, नेपाल ल्यूब आयलको मूल्य ४ प्रतिशत बढेको छ । तर यता बलेफी हाइड्रोपावर र दोर्दी खोला जलविद्युतको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । आज लक्ष्मी बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।