• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo

शेयर दलालको संख्या बढ्ने, बोर्डले निकाल्यो सूचना



काठमाडौं : नेपाल धितोपत्र बोर्डले धतोपत्र दलाल तथा धितोपत्र व्यापारीको संख्या थप गर्ने गरी प्रस्ताव माग गरेको छ ।

बोर्डले सूचना प्रकाशन गरी धितोपत्र बजारको विकास तथा यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धि बनाउन  धितोपत्र दलालको संख्या थप्न लागेको जनाएको छ तर कति संख्यामा थप गरिने केही उल्लेख छैन ।

सूचनामा ३० दिनभित्र निवेदन दिन भनिएको छ । हाल बोर्डबाट स्वीकृति पाएर कारोबार गरिरहेका दलालको संख्या साठीको हारहारी रहेको छ ।

धितोपत्र दलालको संख्या अहिल्यै बढी भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले नयाँ दलाल नथप्न यसअघि बोर्ड समक्ष आग्रह गर्दै आएका थिए ।