• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसंग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता ★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले ★   जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

राजनीतिक दलहरुलाई पुजाको खुला पत्र



सबै राजनीतिक दलहरु कुनै न कुनै उदेश्य लिएर नै मैदानमा आएका हुन् । सबै राजनीतिक दलहरुको आ–आफ्नै विचार आ–आफ्नै उदेश्य आ–आफ्नै एजेन्डा छन्।

तर पनि प्रतिस्पर्धाको दौडानमा अगाडि पुग्नकै लागि राष्ट्रियतालाई नै लात हान्न सक्ने राजनीतिक दलहरु पनि हामिले नदेखिएको हैन।

विभिन्न राजनीतिक दलहरुमध्ये कुनै दल देशको लागि केही सकारात्मक परिवर्तन नै गर्छु भन्ने उदेश्य लिएर आएका होलान्, कुनै दल पदीय लोभमा एकातिर पद नपाए नयाँ दल नै बनाएर भए पनि राम्रो पद लिएर आगामी यात्रा तय गर्छु भन्ने उदेश्य लिएर आएका होलान् , कुनै दल यता नेतृत्व दिन्छन् भने यतै बस्छु नत्र त्यता दिनि भा त्यतै जान्छु भन्ने उदेश्य लिएर आएका होलान्, कुनै दल नागरिकता र देश नै बेच्न परे पनि बेच्छु तर प्रतिस्पर्धामा म नै अगाडि हुनपर्छ भन्ने उदेश्य लिएर आएका होलान्…

तर उदेश्य त उदेश्य नै होनि कि कसो…?
कुनै राम्रा दलमा नराम्रो नेतृत्व र कुनै नराम्रा दलमा राम्रो नेतृत्व नि हुन सक्छ है फेरि…

सानैबाट राजनीतिमा अलि बढि नै चासो राख्ने भएर होला चुनाव आउदै गर्दा मनमा खुलदुल खुलदुल हुन्छ..
हाम्रो क्षेत्र बाट कस्ले टिकट पाउला त?
त्यो पार्टीले कस्लाई टिकट देला त?
अनि यो पार्टीले फेरि कस्लाई देला?
हैन.. नेतृत्वमा त युवा नै आए पनि हुन्थ्यो नि..
किन? पार्टीले युवालाई नपत्याएकै हो र?

हैन हौ भिजन लिएर युवा आयो भने त केही अरुले भन्दा नयाँ त पक्कै गर्छ।…
हो अँ ठ्याक्कै यस्तै कुरा मनमा खेल्दा रैछन्…
हुन त उमेर पुगेका बा आमा हजुरबुबा हजुरआमाको पनि आ–आफ्नो पार्टीमा ठुलो देन होला ठुलो भुमिका होला, झ्याप्प पार्टी अरुलाई सुम्पिन पनि गाह्रो होला…

तर अब नेतृत्वमा छोराछोरी नाति नातिनीलाई राखेर आफूले यसो गर बा.. उसो गर बा.. भनेर पछाडि बसेर साथ सहयोग सल्लाह दिए पनि हुदैन र?

पञ्चायतलाई लखेटेनौं होला, राणाशासन अन्त्य गर्दा उपस्थित भएनौं होला, माओवादि द्वन्द भोगेनौं होला, राजाशासन अन्त्य गर्दा उपस्थित भएनौं होला…
ए बाबा…, जन्मेकै थिएनौ त कताबाट उपस्थित हौँ त?
तर पुर्खाले उठाएको पुर्वजले बनाएको धरातल त पक्कै भत्काउदैनौं नि..

बाले आफ्ना सन्तानलाई ‘त यो घरमा जन्मेको होस यो घर तैले बनाको होइनस है’ भन्न पनि त मिलेन नि हैन र?
छोराछोरीले बाउको विरासत यो हो यस्तो हो अब म पनि यहि गतिमा जानुपर्छ है भन्ने कुरा राम्रोसँग बुझेको हुन्छ।
के हाम्रा अग्रजले ल मलाई पनि बुढेसकाल लाग्यो अब घरको तालाचाबी तेरो जिम्मा है बाबू/नानि भन्न मिल्दैन र?

यो संसार विविधतायुक्त र बहुप्रकृतिको छ, विभिन्न देश, महादेश, विभिन्न ठाँउको हावापानी कहाँ सधै एकैनाशको हुन्छ र?
मानिस हरु बसोबास गर्ने समाज पनि फरक फरक ढंगले विकसित भएको हुन्छ। यो प्रणालिलाई कुनै पनि शक्तिले, कुनै पनि विचारले, कुनै पनि संगठनले सधै एउटै ढाँचामा मात्र राख्छु भन्ने कुरा सम्भव छ र?

आज देशको हरेक कुनाले युवा बोलिरहेको छ, आज देशको हरेक क्षेत्रले युवा बोलिरहेको छ, आज देशको हरेक नागरिकले युवा बोलिरहेको छ भने तँपाईहरुले युवालाई नै मौका दिदा के फरक पर्ला र? एउटा स्वतन्त्र युवा चुनावमा उठेर चुनाव जित्छ र काम गर्न सक्ने आट राख्छ भने… विभिन्न राजनितिक दलका युवाहरुको त विरासत बोकेको ईतिहास छ?? के तपाईहरु युवालाई मौका दिनुभयो भने तपाईँका युवा पछि हट्लान् र???