• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट साट्न थाल्यो



काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) देखि नयाँ नोट साट्न थालेको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै केन्द्रीय बैंकले नयाँ नोट साट्न थालेको हो ।

काठमाडौँ उपत्यकामा आजदेखि नयाँ नोट दिन थाले पनि उपत्यकाबाहिर भने असोज २ गतेदेखि नयाँ नोट साट्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

बैंकले रु ५, १०, २०, ५०, १००, ५०० र १००० का एक एक बण्डनल हुने गरी रु १८ हजार ५०० सम्ममात्र नयाँ नोट साट्न सकिने सीमा तोकेको छ ।