• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता ★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले ★   जुगल हिमाल आरोहणको अन्तिम तयारीमा ★   सूर्यग्रहणका कारण यस दिन सडक दुर्घटना बढ्ने, वैज्ञानिकले किन दिए यस्तो चेतावनी ? ★   इलाम-२ उपनिर्वाचन: रास्वपा सभापति लामिछाने इलाम जाँदै ★   अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै ★   बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने ★   गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ★   नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ विरुद्ध टस जित्यो, पहिला फिल्डिङ गर्ने

म्याग्दीको रुमखोला लघुजलविद्युत् परियोजना सञ्चालनमा



file

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ ।

मालिका गाउँपालिका–१ मा रहेको परियोजनाको नहर भासिएपछि गत साउन १७ गतेदेखि विद्युत् उत्पादन बन्द भएको थियो । परियोजनाका प्रबन्धक भीमविक्रम मल्लले मालिका गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदानमा नहर भासिएको ठाउँमा पाइप राखेर मर्मत गरिएको बताउनुभयो ।

“गाउँपालिकाले तीन सय १५ एमएम क्षमताको एक सय ३८ मिटर पाइप उपलब्ध गराएको थियो”, उहाँले भन्नुभयो, “परियोजनासँग रहेको १२ मिटर पाइपलाई दुईलाइनमा जोडेर ७५ मिटर दूरीमा पानी तारिएपछि मङ्गलबारदेखि विद्युत् उत्पादन थालिएको छ ।”

जमिन भासिएपछि नहर पुलजस्तै बनेर जुनसुकै बेला भत्किएर थप क्षतिको जोखिम भएकाले त्यसलाई भत्काएर पाइप राखिएको हो । परियोजना बन्द हुँदा उज्यालोका लागि टुकी, सोलारमा भर पर्नुपरेको थियो । घरायसी कामकाज र विद्यार्थीलाई पठनपाठन गर्न समस्या भएको थियो ।

विसं २०६६ देखि नियमित विद्युत् उत्पादन गर्दै आएको परियोजनाबाट मालिका गाउँपालिकाको दरवाङ, थापाचौर, बतासे, फूलबारी, गरजरा, महभिर, अदिभारा, डाडागाउँ, औल, कोदालिवाङ र खहरेका आठ सय ५५ घरधुरी विद्युत् उपभोक्ता छन् । मालिका गाउँपालिकाको करिब रु चार लाख अनुदान सहयोगमा गत असार अन्तिम साता परियोजनाको मुहान मर्मत गरिएको थियो ।