• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

साफ यू–१७ च्याम्पियनसिप फाइनलमा नेपाल र भारत भिड्दै




काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतले आज बुधबार प्रतिस्पर्धा गर्दैछन् ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने फाइनल खेल राति ८ः१५ बजे सुरु हुनेछ । नेपाल अपराजित रहँदै उपाधि उचाल्ने दाउमा रहेको छ ।

उता, साविक विजेता भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्न चाहन्छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो भने दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर फाइनलमा स्थान बनाएको हो ।

प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोर्यो । नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।