• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप, वन्यजन्तु गाउँ पसे ★   दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता हुँदै ★   चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ ★   स्टोइनिसको आईपीएल करिअरको पहिलो शतकमा लखनउले चेन्नईलाई ६ विकेटले हरायो ★   ‘लण्डन डर्बी’मा चेल्सीमाथि आर्सनलको एकतर्फि जित ★   सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत ★   नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक ★   मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने ★   निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द ★   राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना-फोटो फिचर

साफ यू–१७ च्याम्पियनसिप फाइनलमा नेपाल र भारत भिड्दै




काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतले आज बुधबार प्रतिस्पर्धा गर्दैछन् ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने फाइनल खेल राति ८ः१५ बजे सुरु हुनेछ । नेपाल अपराजित रहँदै उपाधि उचाल्ने दाउमा रहेको छ ।

उता, साविक विजेता भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्न चाहन्छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो भने दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर फाइनलमा स्थान बनाएको हो ।

प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोर्यो । नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।