• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालको भिडन्त युएईसँग ★   लुम्बिनी र सुदूरपश्चिममा आज हावाहुरीको सम्भावना ★   सुदूरकाे मुख्यमन्त्री बन्दै दीर्घ सोडारी, लक्ष्मणकिशोर अदालततिर ★   च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा, कुन–कुन टिम पुगे ? ★   ८९ रनमा अलआउट हुँदै आफ्नो न्यून स्कोर बनाएको गुजरातमाथि दिल्लीले ८.५ ओभरमै खेल जित्यो ★   रोटरी क्लब अफ डामे बेल्जियमले नेपाल अपांग संघ अर्थोपेडिक अस्पताललाई सहयोग गर्ने ★   आर्सनललाई हराउँदै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा ★   इलाम-२ उपनिर्वाचन : मिशन ८४ को ट्रेलर, प्रत्येकलाई चुनौती ★   कानुन समाजका अध्यक्ष तीर्थमान शाक्यको निधन ★   सुहाङलाई मत माग्दै ओलीले भन्नुभयोः देश बनाउने युवा हुन्, जिताउनुस्

महाअभियोग सिफारिस समितिको बैठक बस्दै



file

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन आज पनि महाअभियोग सिफारिस समितिको बैठक बोलाइएको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने क्रम सकिएपछि पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन आज बिहान नौ बजे समितिको बैठक पुनः बोलाइएको हो ।

जबरासँगको प्रश्नोत्तरसहितको बयान लिने काम सकिएकाले पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बैठक बोलाउने निर्णय गरिएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता गौतमका अनुसार निलम्बित प्रधानन्यायाधीश जबराले बयानको क्रममा आरोप लगाएका व्यक्तिहरुलाई पनि आवश्यक्ता अनुसार वयान लिने समितिको योजना छ । यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले भने महाअभियोग सिफारिस समितिका सबै बैठकहरु प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउन समितिसँग माग गरेको छ ।

यसअघिका बैठकका निर्णयहरु गलत ढंगले आम सञ्चार माध्याममा प्रशारण भएकाले त्यसो हुन नदिन अवका सबै बैठकहरु प्रत्यक्ष प्रशारण हुने व्यवस्था मिलाउन आफूहरुले माग गरेको एमालेका उपाध्यक्ष एवम् समितिका सदस्य विष्णु पौडेलले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘समितिको बैठकमा केही महत्वपूर्ण विषयमा गम्भिरतापूर्वक छलफल गरियो ।

पहिलो प्रश्न समितिका छलफलहरु वास्तवमा सार्वजनिक सञ्चार माध्याममा ठिक ढंगले सम्प्रेषण नभएको, कतिपय विषयमा भ्रम सृजना भएको र गलत अर्थ लाग्ने गरी समाचारहरु सम्प्रेषण भएकोप्रति हामीले अत्यन्तै गम्भिरतापूर्वक प्रश्नहरु उठायौं । र, मुख्य गरिकन यो सुरुका दिनमा पनि हामीले भनेका थियौं– बैठकका कारबाहीहरु, बैठकमा भएका छलफलको बारेमा आम नागरिकलाई सही सूचना जारी गर्नका लागि सचिलो होस् भन्ने हिसावले हामीेले सुरुका दिनमा पनि भनेको थियौं–बैठक लाईभ गरौँ । महाअभियोग सिफारिस समितिका सबै बैठक लाईभ गरौं ।

मिडियाले यसो गर्दाखेरी जनतामा सही सूचना जान्छ भन्ने हाम्रो राय थियो । यसबीचमा हामीले लाईभ गरौं भनेपनि समितिको मेजरिटीले नमानेको हुनाले त्यो भएन । रेकर्ड उपलब्ध गर्ने कुरामात्रै भयो । यसबीचमा कति समाचार गलत भएर गएको पायौं । यसले गर्दा आज फेरी पनि हामीले भन्यौं कि–बैठकका गतिविधि लाईभ गरियोस् ।’

एमालेले सत्तारुढ दलका नेताहरुले समितिको गतिविधिलाई आफू अनुकूल हुने गरी समाचार माध्याममा दिएको भन्दै बैठकमा असन्तुष्टि जनाएका थिए ।